महासंघ अध्यक्ष गिरीद्वारा जन्मोत्सवमा पत्रकार उपचार कोषलाई सहयोग प्रदान

 लिम्बुवान न्युज
                       

विर्तामोड, १८ असोज । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीले आफ्नो जन्मोत्सवको अवसरमा पत्रकार उपचार कोषलाई सहयोग प्रदान गरेका छन् । सोमबार गिरीले पत्रकार सहारा उपचार कोषमा २५ हजार पाँच सय २५ रुपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन् ।

हाल अस्वस्थ भइ आराम गरिरहेका गिरीले महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि उक्त रकम प्रदान गर्ने घोषणा गरेका हुन् । स्वास्थ्य भएपछि उक्त रकम एक कार्यक्रमका बीच हस्तान्तरण गर्ने बताइएको उनले बताएका छन् ।

दर्जन बढी संघ–संस्थामा आबद्ध रहेर सामाजिक कार्यका साथै दुई दशकभन्दा अघिदेखि पत्रकारितामा सक्रिय गिरीले उपचार कोषलाई सहयोग गर्दै पत्रकारको दिगो विकास र पत्रकारको हितमा योगदान गर्न सहयोग प्रदान गर्न लागेको अध्यक्ष गिरीले बताए ।

झापाली पत्रकारहरुको हितमा आफूले महासंघको विभिन्न जिम्मेवारीमा रहँदादेखि नै काम गर्दै आएको र अध्यक्षको जिम्मेवारीसँगै पत्रकारको हितमा आफू निरन्तररुपमा लागेको उनले बताए । महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ ।

कोषको ब्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हालसम्म ४५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको महासंघका उपाध्यक्ष केशव भट्टराईले जानकारी दिए । कोषमा सहयोग जुट्नेक्रम जारी रहेको छ । आफू झैं अरुले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृस्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने अध्यक्ष गिरीले बताए ।

महासंघ झापा शाखाले विभिन्न संघ–संस्था, सहकारी, बैंक तथा दाता सबैलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आह्वान गरेको छ । महासंघ झापाका अध्यक्ष गिरीले यहि कार्यकालमा कोषलाई एक करोड पुर्याउने लक्ष्यका साथ काम गरिरहेको बताए ।
अध्यक्ष गिरीको सो कोष निर्माणमा महत्वपूर्ण भूमिका रहेको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;