पथरीशनिश्चरेमा युमा साम्योको वडा समिति गठन

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । मोरङको पथरीशनिश्चरेमा टेकबहादुर चोङबाङको अध्यक्षतामा वडा ४, ८ र ९को संयुक्त युमा साम्यो समिति गठन भएको छ । मंगलबार पथरीमा युमा साम्यो महासभाका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार वनेमको प्रमुख आतिथ्यतामा समिति गठन भएको हो ।

स्थानीय तुत्तु तुम्याहाङहरू, फेदाङमा, साम्बा, येबा, येमा, युमासामहरू एवं बौद्धिक वर्ग समेतको सहभागिता रहेको उक्त अधिवेशनमा विशेष अतिथि केन्द्रीय महासचिव डा. रमेश इजम, अतिथिहरूमा केन्द्रीय सदस्य योबाहाङ तुम्बाहाङ्फे, केन्द्रीय सदस्य भिम केदेम र स्थानीय प्रबुद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

मन्तव्य राख्दै प्रमुख अतिथि देबेन्द्र कुमार वनेमले आसन्न राष्ट्रिय जनगणनाको प्रचारप्रसार र विविध कार्यक्रमहरू सफलल पार्नका लागि सबै जुटेर तन, मन, धन, कर्म र वचनले सहयोग गरौँ भनी उपस्थित सम्पूर्णमा आव्हान गरेका थिए ।
त्यसैगरी विशेष अतिथि महासचिव डा. रमेश इजमले यो राष्ट्रिय जनगणना याक्थुङ लिम्बू जातिको मौलिक पहिचान स्थापित गर्ने एक सुनौलो अवसर भएकोले सबैले जातिमा याक्थुङ लिम्बू र धर्ममा युमा धर्म लेख्न लेखाउन जोड दिएका थिए ।

सम्मेलनले चोङबाङको अध्यक्षतामा गठित समितिको उपाध्यक्ष लक्ष्मी मुसाहाङ, सचिव अशोक नाल्बो, सहसचिव टेकबहादुर वनेम, कोषाध्यक्ष हरिकुमार सेर्मा, सदस्यहरूमा सुकबहादुर योङहाङ, बिरेन्द्र लुम्फुङ्वा, प्रेमकुमार वनेम, डम्बर केदेम, सुरेश चोङबाङ्, जयमान पयाङ्गु, कान्छोरे सिरेङ, खड्ग फागो, सन्तबहादुर वनेम, धनबहादुर वनेम, इन्द्रजित पराङदेन, राजकुमार लिम्बू, मित्र नेम्बाङ् र सेरबहादुर नेम्बाङ रहेका छन् । त्यसैगरी सोही सम्मेलनले गंगा साँबाको संयोजकत्वमा सुकबहादुर खजुम र दौलत वनेम सदस्य रहनेगरी एक सल्लाहकार समिति समेत गठन भएको छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;