दोस्रो मागुना गोल्ड कप १८ असोजदेखि २५ सम्म संचालन हुने

 लिम्बुवान न्युज
                       

माई इलाम १९ असोज । इलामको माइनगरपालिकास्थित मागुना युवा क्लयको आयोजनामा दोस्रो मागुना गोल्डकप फूटबल प्रतियोगिता मंगलबारबाट शुरु भएको छ ।

मंगलबार माइ नगर वडा ६ का अध्यक्ष मुखराज आङदेम्बेले गोल्डकप खेलको उद्घाटन गर्दै खेल शुरु भएको हो । कार्यक्रममा नगर खेलकुद समितिका सचिव पुष्प गिरीको विशेष आतिथ्यता रहेको थियो भने नेपाली कांग्रेसका युवा नेता हेमु नेम्बाङ लगायत समाजसेवीहरुको उद्घाटन खेलमा उपस्थिति रहेको थियो ।

उद्घाटन खेलमा लोकतान्त्रिक एफसिले सितली एफसीलाई २–० गोल अन्तरले पराजित गरेको छ । त्यसैगरी दोस्रो खेलमा माइ ७ वडाले सुखानीलाई ट्राईबेकरमा पराजित गरेको छ ।

त्यसैगरी बुधबारको खेलमा महमाई ४ लाई सखुवा क्लबले ३–१ गोल अन्तरले पराजित गरेको छ भने दोस्रो खेलमा किरात एफसि अर्जुनधाराद्वारा १–३ गोल अन्तरले पराजित भएको छ ।

उदघाटन कार्यक्रमको अध्यक्ष क्लबका अध्यक्ष सुरेश नेम्बाङ्को सभाध्यक्षतामा भएको थियो भने कार्यक्रमलाई प्रदिक लावतीले संचालन गरेका थिए । गोल्ड कप संचालनको लागि प्रमुख रेफ्री डिक ब. श्रेस्ठ, असिस्टेन्ट रेफ्री प्रज्वल तिवारी र प्रकाम मगर रहेको खेल आयोजकले जनाएको छ ।

आगामी असोज २५ गते सम्म संचालन हुने गोल्ड कपको प्रथम पुरस्कार ४० हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र त्यसैगरी दोस्रो हुनेले २० हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले गोल्डेन बल, सर्वाधिक गोलकर्ताले गोल्डेन बुट र उत्कृष्ट छ बिधाका खेलाडीलाई नगदद्वारा सम्मान गरिने अध्यक्ष नेम्बाङ्ले बताए । त्यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचले प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिने पनि उनले बताए ।

माइ नगरमा सक्रिय यस क्लबले २०७७ साल देखि निरन्तर गोल्ड कप खेलाउने निर्णय गर्र्दै दोस्रो मागुना गोल्ड कप २०७८को आयोजना गरिएको क्लबका अध्यक्ष तथा संघीय विद्यार्थी युनियन झापा जिल्ला उपाध्यक्ष नेम्बाङ्ले जनाएका छन् ।

खेलको प्रथम पुरस्कार नेपाली कांग्रेस इलामका नेता, समाजसेवी डम्बर खड्काले प्रायोजना गरेको अध्यक्ष नेम्बाङ्ले बताए ।

सम्बन्धित समाचार

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

;