लिम्बुवान मञ्च दमक २ को अध्यक्षमा पुनः भक्त निङलेखु निर्वाचित

 लिम्बुवान न्युज
                       

दमक, २१ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल दमक नगरपालिका वडा नं. २ को अध्यक्षमा पुनः भक्त निङलेखु निर्वाचित भएका छन् । बिहीबार मञ्चका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङको प्रमुख आतिथ्यतामा सम्पन्न वडा अधिवेशनले पुनः निङलेखुलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
यसैगरी नव गठित समितिको उपाध्यक्षहरुमा जंग बहादुर सुहाङ, विशाल चेम्जोङ, शरण कुमार ओख्राबो, राजु सम्बाहाम्फे, त्यसैगरी सचिवमा जीवन आङदेम्बे, सह–सचिवमा जितु माखिम र अर्थसचिवमा चन्द्रा निङ्लेखु निर्वाचित भएको छन् ।
यसरी नै सदस्यहरुमा रामचन्द्र राजवंशी, चन्द्र बहादुर राई, राम बहादुर धिमाल, डाक बहादुर धिमाल, भिम थेगीम, विष्णु लावती, पूर्ण आङदेम्बे, माधव सुहाङ, बसन कुमार लिम्बु, दुर्गा निरौला, धनपाल सम्बाहाम्फे, दुर्गा धिमाल, माया धिमाल, पूर्णमाया मगर, कराइ धिमाल, सुनिता धिमाल र निलम धिमाल रहेका छन् ।
आज आयोजित उक्त वडाअधिवेशन कार्यक्रममा लिम्बुवान भोलेन्टियर्स प्राईमरी कमाण्डर रमेश थापाको कमाण्डमा गठन गरिएको छ । सेल कमाण्डर सागर योगी, एलभीहरुमा विजय आङदेम्बे, विक्रम आङदेम्बे, सुर्य राई, सगुन लिम्बु, सागर राई, पूर्ण आङदेम्बे, गोपीलाल थेगिम, समीर सेर्पा, राहुल लिम्बु, बीर बहादुर आङदेम्बे, दिपक लिम्बु र अविशेक तामाङ् रहेका छन् ।
कार्यक्रममा मञ्चका नेताहरु सुरेन्द्र लिम्बु नोनाम, धनराज सुब्बा, नगर अध्यक्ष याम लिम्बु लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

सहिद लाजेहाङको आमाको निधनः आजै अन्त्येष्टि

दमक, ११ साउन । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलनका क्रममा सहिद भएका पदम कुमार लिम्बु लाजेहाङको आमाको निधन भएको छ । बिक्रम सम्वत २०१५ साल भदौं चार गते तेह्रथुममा जन्मिएकी धनमाया लिम्बुको...

भाषा आयोग र कियाचु बिच याक्थुङ/लिम्बु भाषा कार्यान्वयनमा समन्वयका लागि छलफल

ललितपुर, ११ साउन । भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुर, आयोगका माननीय सदस्यहरू तथा प्रमुख कर्मचारीहरूसँग किरात याक्थुङ चुम्लुङका प्रतिनिधिहरूबीच शुक्रबार काठमाडौंमा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। प्रदेश नं. १ मा याक्थुङ/लिम्बु...

निर्देशक सागर केरुङलाई स्कटल्याण्डमा “उत्कृष्ट निर्देशक अवार्ड”

ललितपुर, ९ साउन । पूर्व पान्थरमा जन्मिएका बहुप्रतिभाका धनी साहित्यकार, लेखक तथा निर्देशक सागर केरुङलाई ‘उत्कृष्ट निर्देशक अवार्ड’ प्रदान गरिएको छ । गत १९ जुलाई २०२५ मा स्कटल्याण्डको राजधानी एडिन्बरामा प्रथमपटक आयोजना गरिएको ‘नेपाल इन्डिजिनियस...

“पदको महत्वकांक्षाले म राजनीतिमा आएकी होइन”–विद्या भण्डारी

ललितपुर, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् । पूर्व राष्ट्रपति भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको अब पदको कुनै आशक्ति नरहेको स्पष्ट पारेकी हुन् । शुक्रबार काठमाडौंस्थित कार्की...