यादन र स्मृतिको आवाजमा ‘मायालु गाउँको देशैमा’ सार्वजनिक
शुक्रबार, २२ असोज, २०७८ रातीको १०:५६ बजे,
लिम्बुवान न्युज
दमक । रंगकर्मी तथा निर्देशक विक्रम फागो वनेमद्वारा निर्देशित पुर्वेली लोक भाकामा सजिएको गीत ‘मायालु गाउँको देशैमा’ भिडियो सार्वजनिक गरिएकोे छ ।
शुक्रबार गोर्खा डिपार्टमेन्ट स्टोरको कार्यक्रम हलमा नेपाली चलचित्रका लोकप्रिय अभिनेता हेमन्त बुढाथोकीको प्रमुख आतिथ्यमा पुर्वेली गीत ‘मायालु गाउँको देशैमा’ भिडियो उद्घाटन गर्दै सार्वजनिक गरिएकोे हो ।
लोकप्रिय गीतकार सुवर्ण नेम्बाङ ‘याम्बे’को शव्द तथा लोकप्रिय गायक तथा संगीतकार यादन सेर्मा ‘नुनाम’को संगीतमा यादन सेर्मा ‘नुनाम’ र उम्दा गायीका स्मृति पयाङगु लिम्बूको सुमधुर आवाजमा सजिएको मनछुने पुर्वेली गीत ‘मायालु गाउँको देशैमा’ भिडियो गायक यादन सेर्माको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
उक्त भिडियो उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अभिनेता हेमन्त बुढाथोकी, बिशेष अतिथि लेखक हरि चोङबाङ, लेखक तथा सहित्यकार बच्चु हिमाङसु, मोडल कलाकार बिष्णु मोक्तान, संगीता लावती, सञ्चरकर्मी फिपराज बेघा, सुसन राई राई लगायतले भिडियोको बारेमा टिकाटिप्पनी साथै शुभकामना मन्तव्य राखेका थिए ।
कला क्षेत्रमा आवद्ध शुभेच्छुक कलाकारहरु, सञ्चारकर्मी व्यावसायी, उद्यमी, समाजसेवी सामाजिक व्यक्तित्व लागायत सम्पूर्ण गीत संगीत प्रेमी दर्शकहरुको बाक्लो उपस्थितिमा सार्वजनिक गरिएको कार्यक्रममा गायक यदन सेर्मा र गायीका स्मृति पयाङगुले गीतर भिडियाको बारेमा आफ्नो अनुभवहरु सेयर गरेका थिए ।
लिम्बू समुदायहरुको साँस्कृतिक पक्षहरु विबाह, धाननाच, केःलाङ लगायतका थुप्रै साँस्कृतिक पाटाहरुको उजागर गरिएको मौलिक पनमा निर्माण गरिएको भिडियोमा नेपाली कला क्षेत्रका चर्चित नाम बुद्धी तामाङ ‘हैट’ सन्ध्या बुढा ‘काउली बुढी’ले अभिनय गरेका छन् ।
प्रवासमा रहेर पनि गीत संगीतलाई माया गर्ने गायीका स्मृति पयाङगुकै निर्माणमा बनेको भिडियोमा बिष्णु मोक्तान र संगीता लावतीको समेत अभिनय रहेको छ भने राम केसीको छायाँकन, लोकेश थापाको श्रृङ्गार, पुजा कार्कीको सहायक श्रृङगार तथा दिनेश माङ्मु लिम्बूको कोरियोग्राफी÷कार्याकारी निर्देशन रहेको छ ।
भिडियोमा पोष्ट प्रोडक्सन अनिल थोप्रा, कोरस समूह रंगभुमी कलालय धरान, केःलाङ÷ढोल समुह लिम्बू विद्यार्थी मञ्च युनिट माङसेबुङ ईलाम तथा केराबारी मोरङ र यातायात सेवा मनकुमार मगरको रहेको छ ।
गायक तथा संगीतकार, एकान्त आङदेम्बे, गायीका आशा लिम्बु, निर्देशक तथा कोरियोग्राफर दिनेश माङमु, निर्देशक तथा कलाकार अनिस लावती मोडल युन्छोमा सावदेन, सञ्चरकर्मी तथा मोडल मिना नेम्बाङ लगायतको समेत उपस्थितिमा निर्देशक विक्रम फागो वनेमको सभाध्यक्षतामा सम्पन्न भिडियो उद्घाटन सार्वजनिक कार्यक्रममा जितेन पन्धाकले सञ्चालन गरेका थिए ।
ललितपुर, १७ पुष । संचारकर्मी, लेखक, खोज अन्वेशक तथा पेशाले शिक्षक मनकुमार लिम्बु आङवुहाङले पूर्वी नेपालमा उठेको पहिचानको आन्दोलनमा ‘लिम्बुवान आन्दोलन’लाई समेटेर कृति प्रकाशन गरेका छन् । मंसिर १८ गते इलामको माङसेबुङस्थित धर्मगुरु आत्मानन्द लिङदेनको...
ललितपुर, १५ पौष । उज्यालो नेपाल पार्टीका नेता प्रोफेसर डा. महेन्द्र लावतीले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फका बन्दसूचीमा राखिएको आफ्नो नामका विषयमा असहमति जनाएका छन् । उनले उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र...
ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...
ललितपुर, ११ पुष । झापाको दमक–६ मा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रतिवेदनहरु पास गर्दै नयाँ समिति चयन गरेको...