यादन र स्मृतिको आवाजमा ‘मायालु गाउँको देशैमा’ सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक । रंगकर्मी तथा निर्देशक विक्रम फागो वनेमद्वारा निर्देशित पुर्वेली लोक भाकामा सजिएको गीत ‘मायालु गाउँको देशैमा’ भिडियो सार्वजनिक गरिएकोे छ ।

शुक्रबार गोर्खा डिपार्टमेन्ट स्टोरको कार्यक्रम हलमा नेपाली चलचित्रका लोकप्रिय अभिनेता हेमन्त बुढाथोकीको प्रमुख आतिथ्यमा पुर्वेली गीत ‘मायालु गाउँको देशैमा’ भिडियो उद्घाटन गर्दै सार्वजनिक गरिएकोे हो ।

लोकप्रिय गीतकार सुवर्ण नेम्बाङ ‘याम्बे’को शव्द तथा लोकप्रिय गायक तथा संगीतकार यादन सेर्मा ‘नुनाम’को संगीतमा यादन सेर्मा ‘नुनाम’ र उम्दा गायीका स्मृति पयाङगु लिम्बूको सुमधुर आवाजमा सजिएको मनछुने पुर्वेली गीत ‘मायालु गाउँको देशैमा’ भिडियो गायक यादन सेर्माको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

उक्त भिडियो उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अभिनेता हेमन्त बुढाथोकी, बिशेष अतिथि लेखक हरि चोङबाङ, लेखक तथा सहित्यकार बच्चु हिमाङसु, मोडल कलाकार बिष्णु मोक्तान, संगीता लावती, सञ्चरकर्मी फिपराज बेघा, सुसन राई राई लगायतले भिडियोको बारेमा टिकाटिप्पनी साथै शुभकामना मन्तव्य राखेका थिए ।

कला क्षेत्रमा आवद्ध शुभेच्छुक कलाकारहरु, सञ्चारकर्मी व्यावसायी, उद्यमी, समाजसेवी सामाजिक व्यक्तित्व लागायत सम्पूर्ण गीत संगीत प्रेमी दर्शकहरुको बाक्लो उपस्थितिमा सार्वजनिक गरिएको कार्यक्रममा गायक यदन सेर्मा र गायीका स्मृति पयाङगुले गीतर भिडियाको बारेमा आफ्नो अनुभवहरु सेयर गरेका थिए ।

लिम्बू समुदायहरुको साँस्कृतिक पक्षहरु विबाह, धाननाच, केःलाङ लगायतका थुप्रै साँस्कृतिक पाटाहरुको उजागर गरिएको मौलिक पनमा निर्माण गरिएको भिडियोमा नेपाली कला क्षेत्रका चर्चित नाम बुद्धी तामाङ ‘हैट’ सन्ध्या बुढा ‘काउली बुढी’ले अभिनय गरेका छन् ।

प्रवासमा रहेर पनि गीत संगीतलाई माया गर्ने गायीका स्मृति पयाङगुकै निर्माणमा बनेको भिडियोमा बिष्णु मोक्तान र संगीता लावतीको समेत अभिनय रहेको छ भने राम केसीको छायाँकन, लोकेश थापाको श्रृङ्गार, पुजा कार्कीको सहायक श्रृङगार तथा दिनेश माङ्मु लिम्बूको कोरियोग्राफी÷कार्याकारी निर्देशन रहेको छ ।

भिडियोमा पोष्ट प्रोडक्सन अनिल थोप्रा, कोरस समूह रंगभुमी कलालय धरान, केःलाङ÷ढोल समुह लिम्बू विद्यार्थी मञ्च युनिट माङसेबुङ ईलाम तथा केराबारी मोरङ र यातायात सेवा मनकुमार मगरको रहेको छ ।

गायक तथा संगीतकार, एकान्त आङदेम्बे, गायीका आशा लिम्बु, निर्देशक तथा कोरियोग्राफर दिनेश माङमु, निर्देशक तथा कलाकार अनिस लावती मोडल युन्छोमा सावदेन, सञ्चरकर्मी तथा मोडल मिना नेम्बाङ लगायतको समेत उपस्थितिमा निर्देशक विक्रम फागो वनेमको सभाध्यक्षतामा सम्पन्न भिडियो उद्घाटन सार्वजनिक कार्यक्रममा जितेन पन्धाकले सञ्चालन गरेका थिए ।

Video 

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...

माघ २५ देखि ‘पवित्रहाङमा कप’ हुने

दमक, ११ माघ । किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ आउदो माघ २५ गतेदेखि फागुन ३ गतेसम्म संचालन हुने भएको...