किशानचौक–टाँडी रमिते सडकको कालोपत्रे शुभारम्भ

 लिम्बुवान न्युज
                       

मिक्लाजुङ । मोरङको मिक्लाजुङस्थित किसानचौक देखि रमिते सडकको कालोपत्रे कार्यक्रम शुभारम्भ भएको छ । प्रदेश १ सरकारको प्राथमिकतामा रहेको यस आयोजना मिक्लाजुङ वडा न ६ स्थित मिक्लुखोला बाट शुरु भएको हो ।

बिश्वब्यापी फैलिएको कोभिड १९ का कारण सडक निर्माणको कार्य अवरोध भएपनि अहिले भने निरन्तरता पाईरहेछ । असोज मसान्तसम्ममा २० किलोमिटरसम्म कालोपत्रे गरि सक्ने गरि ५८ करोड प्राबिधिक लागतमा उक्त सडक निर्माण श्रेणीगत रुपमा शुरु गरेको हो ।

बहुबर्षे योजना अन्तर्गत मोरङ क्षेत्र न १ (क) का सांसद कुल प्रसाद साम्बाको पहलमा भएको ग्राभेल सम्पन्न भईसकेको छ । सडक निर्माणको लागि अहिलेसम्म २६ करोड रकम खर्च भईसकेको पुर्बधार बिकास कार्यलय मोरङका टेक्निकल अफिसर किशोर पुरीले बताएका छन् । कालोपत्रे शुरुभएसँगै स्थानीयबासीहरु हर्षित भएका छन् ।

आस्फाल प्राबिधिबाट निर्माण गरिएको उक्त सडक गुणस्तरीय रहेको सडक बिभागबाट खटिएका कर्माचारीहरुले वताएका छन् ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;