लिम्बुवान मञ्च इलामको चाैथाे अधिवेशन कार्तिक ३० मा हुने

 लिम्बुवान न्युज
                       

इलाम, २५ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान मञ्च, नेपाल इलाम जिल्लाको चाैथाे अधिवेशन कार्तिक ३० गते हुने बताइएको छ । सोमबार इलाममा जिल्लाको आकस्मिक बैठक बसी अधिवेशन गर्ने निर्णय भएको हो ।

इलामको गौतम बुद्ध सभाहलमा जिल्ला अधिवेशन गरिने जिल्ला अध्यक्ष दिपक योङहाङ जनाएका छन् । कोभिड १९ का कारण पार्टीको विभिन्न गतिविधि गर्न नसक्दा संगठनले सोचे जस्तो र मञ्चको ४ बर्षे नीति तथा कार्यक्रम गर्न नसक्ने अवस्था भएतापनि स्थानीय पालिकाहरुमा अधिवेशन गर्ने तयारी शुरु भईसकेको अध्यक्ष योङहाङ बताए । जिल्लामा १ हजार क्रियासिल सदस्यता कार्ड वितरण गर्ने तयारी भईरहेको समेत उनले बताए ।

करिब २ सय पचास प्रतिनिधिहरु जिल्ला र स्थानीय पालिकाहरुबाट उपस्थित हुने बन्दसत्रले आगामी कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरिने अध्यक्ष योङहाङले बताए । बैठकमा जिल्लाका लिम्बुवान प्रान्तीय सचिवालय सदस्य हेम जवेगु, प्रान्तीय सदस्य गोविन्द योङहाङ लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटनसत्र मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले गर्ने समेत बताइएको छ । जिल्ला अधिवेशनलाई सम्पन्न गर्न केही दिन भित्रै विभिन्न उपसमितिहरु गठन गरि अघि बढ्ने अध्यक्ष योङहाङले लिम्बुवानखबरलाई जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...