लिम्बुवान मञ्चद्वारा मेचीनगर १२ मा ६० घर विपन्नलाई राहत वितरण

 लिम्बुवान न्युज
                       

मेचीनगर, लिम्बुवानखबर । संघीय लिम्बुवान मञ्च, नेपालले मेचीनगर १२स्थित ६० अति विपन्न घरपरिवारलाई राहत वितरण गरेको छ । शनिबार मञ्चले एक कार्यक्रम आयोजना गरि अति विपन्न परिवारलाई राहत वितरण गरेको हो ।

मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङकाे प्रमुख अतिथ्यतामा उक्त राहत वितरण गरिएको थियो । मञ्चका प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च, बहराइन प्रवास कार्य समितिको आर्थिक सहयोगमा प्रवास बहराइनका पूर्व अध्यक्ष स्व. मन कुमार कंलिबाको स्मृतिमा राहत वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा मञ्चका प्रान्तीय महासचिव यलम्बर खम्बु, प्रान्तिय सदस्य अरुना जबेगु, नन्दु मेन्याङबो, सामाजिक मञ्च बहराइनका उपाध्यक्ष सनम माखिम, जिल्ला उपाध्यक्ष अमित खम्बु, क्षेत्रीय सदस्य माया काम्बाङ्, मेचिनगर १२ पार्टी अध्यक्ष मिलन माबो, सचिब ललित तुम्रोक त्यसैगरी मेचीनगर १२ का जनप्रतिनिधि वडाध्यक्ष नगेन धिमाल लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...