लिम्बुवान मञ्चद्वारा मेचीनगर १२ मा ६० घर विपन्नलाई राहत वितरण

 लिम्बुवान न्युज
                       

मेचीनगर, लिम्बुवानखबर । संघीय लिम्बुवान मञ्च, नेपालले मेचीनगर १२स्थित ६० अति विपन्न घरपरिवारलाई राहत वितरण गरेको छ । शनिबार मञ्चले एक कार्यक्रम आयोजना गरि अति विपन्न परिवारलाई राहत वितरण गरेको हो ।

मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङकाे प्रमुख अतिथ्यतामा उक्त राहत वितरण गरिएको थियो । मञ्चका प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च, बहराइन प्रवास कार्य समितिको आर्थिक सहयोगमा प्रवास बहराइनका पूर्व अध्यक्ष स्व. मन कुमार कंलिबाको स्मृतिमा राहत वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा मञ्चका प्रान्तीय महासचिव यलम्बर खम्बु, प्रान्तिय सदस्य अरुना जबेगु, नन्दु मेन्याङबो, सामाजिक मञ्च बहराइनका उपाध्यक्ष सनम माखिम, जिल्ला उपाध्यक्ष अमित खम्बु, क्षेत्रीय सदस्य माया काम्बाङ्, मेचिनगर १२ पार्टी अध्यक्ष मिलन माबो, सचिब ललित तुम्रोक त्यसैगरी मेचीनगर १२ का जनप्रतिनिधि वडाध्यक्ष नगेन धिमाल लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...