
दमकमा एक बालक मृत फेला
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
फेदेन । पाँचथरको फिदिममा ढुङ्गाको प्रेम नामक कविता संग्रहको लोकापर्ण भएको छ । गिरिराज बाँस्कोटाद्धारा लिखित उक्त कविता संग्रहको आइतबार लोकापर्ण गरिएको हो ।
शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहको साहित्यकार विमल बैधले कृतिको लोकपर्ण गरका थिए । केन्जो खवर डटकमले आयोजना गरेको कार्यक्रममा विमोचन भएको कृतिमा २७ वटा कविता संलग्न रहेका छन् ।
लेखक बाँस्कोटा नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष समेत हुन् । कृतिमाथि टिप्पणी गर्दै पाँचथर बहुमुखि क्याम्पसका उपप्रमुख लक्ष्मी ढुङ्नाले नेपाली साहित्यमा हस्तक्षेप राख्न सक्ने कविता भएको चर्चा गरे । हरेक कविताले विभिन्न विषयको उजागर गरेको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वैधले एउटा यायावरले लेखेको कविता संग्रहले हिमाल, पहाड, तराईका विषय छोएको बताए थिए ।
उक्त समारोहमा बोल्दै पाँचथरमा प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकालले साहित्यकालागि पत्रकारले लेखेको जिल्लामा पुस्तकले पक्कै महत्वपूर्ण स्थान हासिल गर्ने अपेक्षा राखे ।
कार्यक्रममा साहित्यकार प्रेम ओझा, नरेन्द्रकुमार केरुङ, राजेन्द्र जवेगु, भवानी तावा, शान्ता गौतम, मधु आजित केरुङ, सन्देश सुब्बा लगायतका साहित्यकारहरुबाट रचना पाठ गरिएको थियो । साहित्यकारको उलेख्य उपस्थीतिमा भएको उक्त कार्यक्रममा चाडपर्वको शुभकामना आदन प्रदान तथा गायन समेत भएको थियो ।
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
ललितपुर, ३१ असार । लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...