दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक । झापाको दमकमा कदम थिएटरद्वारा निर्माणाधिन सेउपाखा बहुसांस्कृतिक नाटक घरमा रोट्राक्ट क्लब अफ दमकसँगको सहकार्यमा लैङ्गिक अल्पसंख्यकको समस्यामा आधारित नाटक ‘तिम्रो आँखामा खसेको साँझ’ मञ्चन भएको छ ।
नाट्य संस्कृति विकास र अल्पसंख्यक अधिकारका निम्ति पैरवी गर्ने उद्देश्य अनुरूप कदमले नाटक मञ्चन गरेको हो । सोमबार साँझ ५ बजे नाटकको अन्तिम शो मञ्चन गरिएको थियो । १ घण्टा लामो उक्त नाटकले यौनिक अल्पसंख्यकको विषयमा उठान गरेको छ ।
नाटकले लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूलाई आजको समाजमा पनि निर्वाध र सहज रूपले बाँच्न सक्ने अवस्था नरहेको विषयलाई उजागर गर्न खोजेको विषयलाई उठान गरेको छ । यस मुद्दालाई सामाजिक तहमा उठान गरौँ भनेर नै आफूहरुले कदम थिएटर दमकसँग सहकार्य गरेर नाटक मञ्चन गरेको क्लबका अध्यक्ष सपना लिम्बुले वताइन् ।
नाटकका परिकल्पनाकार तथा निर्देशक सागर खाती कामीले नाटकले उठाउन खोजेको मुद्दालाई नजिकबाट नियालिए दिनुभएकोमा दर्शकलाई धन्यवाद दिदैं आगामी नाटकहरुमा थप हौसल प्रदान गर्न अनुरोध गरेका छन् । उनले कोभिड संक्रमण जोखिमका कारण भर्चुअल फर्ममा पुगेको रङ्गमञ्च पुनः पुरानै अवस्थामा फर्कन थालेकोमा खुशी लागेको बताएका छन् ।
नाटक हरेक दिन दिउँसो २ बजे र साँझ ५ बजे गरी दुई शो देखाइएको थिएटरका सचिव कमन देवानले बताए । देवानका अनुसार हाल कदम थिएटरको दमक ९ स्थित अस्थायी नाटक घरमा नाटक मञ्चन भएको हो । कदमले प्रदेश सरकारको सहयोगमा बहुबर्षे योजना अन्तर्गत सेउपाखा बहुसाँस्कृतिक नाटक घरको आधारभूत संरचना निर्माण सकेको छ । निर्माण कार्य चाडै नै सम्पन्न गर्न समेत लागी परेको बताए ।
नाटक लैङ्गिक तथा यौनिक अल्पसंख्यक किसोरीले भोग्नुपरेको कथामा आधारित रहेको लेखक प्रकाश शर्मा अधिकारीले जानकारी दिए । दर्शकलाई फरक विषयमा सोच्न लगाउने उद्देश्यले जटील विषय रोजिएको शर्माको भनाइ छ । उनले कोभिड संक्रमण जोखिमका कारण भर्चुवल फर्ममा पुगेको रङ्गमञ्च पुनः पुरानै अवस्थामा फर्कन थालेकोमा खुशी लागेको बताएका छन् ।
नेपालको संविधानमा यौनिक अल्पसंख्यकको अधिकारका बारेमा स्पष्ट उल्लेख गरेको छैन । विश्व स्वास्थ्य संगठनका अनुसार तेस्रो लिङ्गी तथा समालिङ्गी हुनु मानसिक समस्या हैन । सन् १९९० को दशकपछि यसबारे बहसहरु भएका छन् । त्यसपछि विश्व स्वास्थ्य संगठनले यसलाई प्राकृतिक तथा मानवीय स्वाभावको रूपमा व्याख्या गरेको छ ।
अन्तिम शोमा हल खचाखच भरिएको बताउँदै थिएटरका सचिव देवानले भने– “रंगमञ्च तर्फ मोफलसमा समेत दर्शकहरुको उपस्थिति बढ्न थालेपछि अब थिएटरको पुरै संरचना निर्माण गर्न प्रेरणा र हौसल्ला मिलेको छ ।”
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...