दमक २ मा बनेको ‘दमक फनपार्क’ सञ्चालनमा आयो

 लिम्बुवान न्युज
                       

दमक, २६ असोज । हिन्दु धर्मावलम्बीहरुको दशैंको अवसर पारेर दमक २ भाङबारमा निर्मित फनपार्क सोमबारदेखि सञ्चालनमा आएको छ । दमक फनपार्क एण्ड एग्रो टुरिजम प्रालिले करिब १३ करोड रुपैयाँको लागतमा दमक फनपार्क सञ्चालनमा ल्याएका हुन् ।

यसको ग्राण्ड ओपनिङ भने केही समय पछि गरिने प्रालिले जनाएको छ । सो प्रालिले फनपार्कका बिषयमा जानकारी दिन आयोजना गरेको पत्रकार भेटघाटमा फनपार्कका प्रथम सञ्चालक विप्लव दंगालले दशैंमा दमकबासी र दमक आउने पाहुनालाई मनोरञ्जनपूर्ण नयाँ गन्तव्य दमकमै रहेको सन्देश दिन दशैंको अवसर पारेर फनपार्क खुल्ला गरिएको जानकारी दिए ।

आफनै पार्कको साढे ६ बिगाहा क्षेत्रफलमा सवारी पार्किङको व्यवस्थासहित शुरु भएको पार्कमा प्रमुख आकर्षकका रुपमा गोल्डेन टापु रहेको छ ।
उनका अनुसार अन्य फनपार्क भन्दा छुट्टै परिचय रहेको यस फनपार्कमा बोटिङ सहित टापुमा आकर्षक कलाकृतिहरुको सजावट छ । त्यस्तै बालबालिकाहरुलाई सुरक्षित किसिमको मनोरञ्जनस्थल छुट्टै निर्माण गरिएको छ । जहाँ तेन्जेङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गरेको दृश्य निर्माण गरिएको छ । बन्यजन्तुहरुका कलाकृति पनि यहाँ देख्न सकिन्छ भने तिहारपछि स्विमिङ पूल समेत सञ्चालनमा ल्याइनेछ । पार्क भित्रै स्तरीय रेष्टुरेँन्ट पनि सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष योगराज दंगालले बताए ।

होटल तथा पर्यटन व्यवसायका अनुभवी युवाहरु संलग्न भएर सञ्चालनमा ल्याइएको दमक फनपार्कलाई पूर्व क्षेत्रकै पर्यटकीय गन्तव्यका रुपमा स्थापित गराउने प्रयत्न गरिएको अध्यक्ष दंगालले बताए ।

सो फनपार्कमा दंगालद्धयसंगै दमकका सफल युवा व्यवसायीहरु दिपेन्द्र ढुंगेल, दिपक पौडेल, पुष्प खनाल, किशोर खनाल, कुमार खनाल लगायत ११ जनाको संयुक्त लगानी रहेको जनाइएको छ ।

जिल्लका मुख्य शहरी क्षेत्रहरुमा पछिल्ला समय व्यवसायिक रुपमा फनपार्क लगायतका मनोञ्जनस्थलका संरचनाहरु निर्माण हुने क्रम बढ्दै गएकोछ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...