कुमार लिङदेनद्वारा सुनसरी र रुपन्देही घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई कार्बाही गर्न माग

 लिम्बुवान न्युज
                       

दमक, २६ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेनले सुनसरीको इनरुवामा एसपी कार्यालय भित्र एक युवकको मृत्यु र रुपन्देहीको मोतिहारीमा प्रहरीको गोली लागि ४ नेपालीको हत्या बारे सत्यतथ्य छानबिन गरि दोषीलाई कडा कार्बाही गर्न माग गरेका छन् ।

सुनसरीको जिल्ला प्रहरी कार्यालय भित्र शनिबार भोक्राहा नरसिंह ५ बस्ने फुलो साहको छोरा हकिम साहको संकास्पद मृत्यु हुनुको मुख्य कारण प्रेम विवाह भएको बताउँदै मृतक साहले आफ्नो जोडी छुटाउन माइती पक्षबाट ज्यानको खतरा रहेको टिकटक लगायत सामाजिक संजालमा अनुरोध गरेका थिए । यसैक्रममा माइती पक्षको उजुरी पछि साहलाई सुनसरी प्रहरीले पक्राउ गरि एसपी कार्यालय भित्र युवाको मृत्युमा प्रहरी संलग्न रहको भन्दै मञ्चका संघीय अध्यक्ष लिङदेनद्वारा हस्ताक्षरित विज्ञप्ति मंगलबार जारी गर्दै एक उत्पीडित समुदाय मुश्लिम युवकको रहस्यमय मृत्यूप्रति आपत्ती जनाउँदै सत्यतथ्य छानविनको माग गरेको हो ।

साहको हत्या भएको भन्दै त्यसबेला डिउटीमा रहको सबै प्रहरी अधिकृतहरुलाई तुरुन्त निलम्बन गरी सर्वपक्षिय छानविन समिति बनाई सो समितिमा संघीय मञ्चलाई समेत अनिवार्य प्रतिनिधि समावेश गर्न सरकारसँग माग गरेको छ ।

विज्ञप्तिमा सिन्धुपाल्चोक थुनामा मरेका तामाङ्, रुकुममा दलित युवाहरुको हत्या लगायत घटनाबारे उल्लेख गर्दै भनेको छ –‘नेपाली सुरक्षा निकायहरु नेपालको उत्पीडित समुदाय प्रति किन यो राक्षसी व्यवहार देखाउँछन् ?’ अध्यक्ष लिङदेनले प्रश्न गरेका छन् ।

यसरी नै अध्यक्ष लिङदेनद्वारा जारी विज्ञप्तिमा रुपन्देही जिल्लाको मोतिहारी औधोगिक क्षेत्रको सुकुम्बासी आन्दोलनमा बर्तमान गठबन्धन सरकारले गोलि हानेर ४ जना नेपालीहरुको हत्या गरेकोमा भत्र्सना गरेको छ ।

मोतिहारी समस्या एमालेको सरकारको पाला देखि नै शुरु भएको भन्दै एमाले आफु ओभर स्मार्ट हिरो हुनको लागि कहिले पनि सम्बन्धित समुदाय क्षेत्रसंग सहकार्य नगरी हरेक योजनाहरु स्वाट्ट, झ्वाट्ट, लुसुक्क, खुसुक्क, कुखुरा चोर बन्ढारेको शैलीले अघि बढाउने शैली अघि सारेको योजनाहरु अहिलेको बहुदलीय लोकतन्त्रमा कुनै न कुनै दिन अरु दलहरुले पनि थाहा पाउँछन र समस्या शुरु भएको विज्ञप्तिमा उल्लेख गर्दै अध्यक्ष लिङदेनले भनेका छन्– “मोतिहारी घटना एमालेको यहि कुख्रा चोर शैलीको काम गराई, बर्तमान गठबन्धन सरकारको अहंकार र सुरक्षा निकाय भित्र रहेको उपनिबेशी चरित्रको कारणले यत्रो दुखद हत्याकाण्ड घटेको हो ।”

भिडलाई नियन्त्रण गर्ने थुप्रै उपायहरु भएतापनि सुरक्षा निकाय भित्र रहेको हतियार नै सबैथोक हो भन्ने मनस्थितिले यो दुःखद घटना घटेको मञ्चले ठहर गर्दै नेपाली कांग्रेसका बर्तमान गृहमन्त्रीले स्व–कार्बाहीको घोषणा गरि संसदीय छानबिन टोलि गठन गरेर यस हत्याकाण्डका अपराधिहरुलाई कडा भन्दा कडा कार्बाही गर्न अध्यक्ष लिङदेनले विज्ञप्ति मार्फत माग गरेका छन् ।

विज्ञप्ति

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...