कुमार लिङदेनद्वारा सुनसरी र रुपन्देही घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई कार्बाही गर्न माग

 लिम्बुवान न्युज
                       

दमक, २६ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेनले सुनसरीको इनरुवामा एसपी कार्यालय भित्र एक युवकको मृत्यु र रुपन्देहीको मोतिहारीमा प्रहरीको गोली लागि ४ नेपालीको हत्या बारे सत्यतथ्य छानबिन गरि दोषीलाई कडा कार्बाही गर्न माग गरेका छन् ।

सुनसरीको जिल्ला प्रहरी कार्यालय भित्र शनिबार भोक्राहा नरसिंह ५ बस्ने फुलो साहको छोरा हकिम साहको संकास्पद मृत्यु हुनुको मुख्य कारण प्रेम विवाह भएको बताउँदै मृतक साहले आफ्नो जोडी छुटाउन माइती पक्षबाट ज्यानको खतरा रहेको टिकटक लगायत सामाजिक संजालमा अनुरोध गरेका थिए । यसैक्रममा माइती पक्षको उजुरी पछि साहलाई सुनसरी प्रहरीले पक्राउ गरि एसपी कार्यालय भित्र युवाको मृत्युमा प्रहरी संलग्न रहको भन्दै मञ्चका संघीय अध्यक्ष लिङदेनद्वारा हस्ताक्षरित विज्ञप्ति मंगलबार जारी गर्दै एक उत्पीडित समुदाय मुश्लिम युवकको रहस्यमय मृत्यूप्रति आपत्ती जनाउँदै सत्यतथ्य छानविनको माग गरेको हो ।

साहको हत्या भएको भन्दै त्यसबेला डिउटीमा रहको सबै प्रहरी अधिकृतहरुलाई तुरुन्त निलम्बन गरी सर्वपक्षिय छानविन समिति बनाई सो समितिमा संघीय मञ्चलाई समेत अनिवार्य प्रतिनिधि समावेश गर्न सरकारसँग माग गरेको छ ।

विज्ञप्तिमा सिन्धुपाल्चोक थुनामा मरेका तामाङ्, रुकुममा दलित युवाहरुको हत्या लगायत घटनाबारे उल्लेख गर्दै भनेको छ –‘नेपाली सुरक्षा निकायहरु नेपालको उत्पीडित समुदाय प्रति किन यो राक्षसी व्यवहार देखाउँछन् ?’ अध्यक्ष लिङदेनले प्रश्न गरेका छन् ।

यसरी नै अध्यक्ष लिङदेनद्वारा जारी विज्ञप्तिमा रुपन्देही जिल्लाको मोतिहारी औधोगिक क्षेत्रको सुकुम्बासी आन्दोलनमा बर्तमान गठबन्धन सरकारले गोलि हानेर ४ जना नेपालीहरुको हत्या गरेकोमा भत्र्सना गरेको छ ।

मोतिहारी समस्या एमालेको सरकारको पाला देखि नै शुरु भएको भन्दै एमाले आफु ओभर स्मार्ट हिरो हुनको लागि कहिले पनि सम्बन्धित समुदाय क्षेत्रसंग सहकार्य नगरी हरेक योजनाहरु स्वाट्ट, झ्वाट्ट, लुसुक्क, खुसुक्क, कुखुरा चोर बन्ढारेको शैलीले अघि बढाउने शैली अघि सारेको योजनाहरु अहिलेको बहुदलीय लोकतन्त्रमा कुनै न कुनै दिन अरु दलहरुले पनि थाहा पाउँछन र समस्या शुरु भएको विज्ञप्तिमा उल्लेख गर्दै अध्यक्ष लिङदेनले भनेका छन्– “मोतिहारी घटना एमालेको यहि कुख्रा चोर शैलीको काम गराई, बर्तमान गठबन्धन सरकारको अहंकार र सुरक्षा निकाय भित्र रहेको उपनिबेशी चरित्रको कारणले यत्रो दुखद हत्याकाण्ड घटेको हो ।”

भिडलाई नियन्त्रण गर्ने थुप्रै उपायहरु भएतापनि सुरक्षा निकाय भित्र रहेको हतियार नै सबैथोक हो भन्ने मनस्थितिले यो दुःखद घटना घटेको मञ्चले ठहर गर्दै नेपाली कांग्रेसका बर्तमान गृहमन्त्रीले स्व–कार्बाहीको घोषणा गरि संसदीय छानबिन टोलि गठन गरेर यस हत्याकाण्डका अपराधिहरुलाई कडा भन्दा कडा कार्बाही गर्न अध्यक्ष लिङदेनले विज्ञप्ति मार्फत माग गरेका छन् ।

विज्ञप्ति

सम्बन्धित समाचार

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...