साक्थिम्गेन अध्यक्षमा ज्ञानु केदेम निर्वाचित, पान्जुम्भोद्वारा १० बुँदे घोषणापत्र जारी

 लिम्बुवान न्युज
                       

माङसेबुङ, लिम्बुवानखबर/किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो अध्यक्षमा ज्ञानु केदेम निर्वाचित भएका छन् । पान्जुम्भोको ४२ औं स्थापना दिवस तथा छैठौं केन्द्रीय सम्मेलनबाट केदेम अध्यक्षमा निर्वाचित भएका हुन् ।

किरात धार्मिक पर्यटकीय तिर्थस्थल इलामको माङसेबुङमा असोज २३ देखि चार दिनसम्म चलेको छैठौं सम्मेलनबाट केदेमको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

नवगठित पान्जुम्भोको उपाध्यक्षमा क्रमशः लेखनाथ चेम्जोङ, आइन्द्र थेगिम, चन्दा कुरुम्बाङ, सुमिला योङहाङ, अर्जुन सम्बाहाङफे निर्वाचित भएका छन् । यस्तैगरी सचिवमा सुवास गुरुङ, सह–सचिवमा अनिल चेम्जोङ, मिशन सेलिङ, कोषाध्यक्षमा मनप्रसाद चेम्जोङ र सह–कोषाध्यक्षमा चतुरमान साम्पाङ, प्रमिला कुरुम्बाङ सर्वसम्मत निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा बीरपन थेगिम, तारा केरुङ, अनिस लाओती, रमेश सिगु, दिलहाङ सम्बाहाङफे, आइन्द्र नेम्बाङ, दिलिप माखिम, तान्छोहाङ फियाक, लाबुनहाङ केरुङ, रमला साँबा, विपना तबेबुङ, नुमा आङदेम्बे, लक्ष्मी थेगिम, उमा सम्बाहाङफे निर्वाचित भएका छन् ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङले नव निर्वाचित कार्यसमितिलाई नीति निर्देशन सहित शुभकामना दिएका छन् । पान्जुम्भोका निवर्तमान अध्यक्ष रामबहादुर थुलुङ लगायतले साक्थिम्गेन पान्जुम्भोका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना मन्तव्य राखेको थिए ।

यस्तै कार्यक्रममा प्रतिबद्धता मन्तव्य राख्दै नव निर्वाचित अध्यक्ष ज्ञानु केदेमले पान्जुम्भोलाई थप मजबुद्ध, शसक्त र क्रियासिल बनाउने प्रतिबद्धता मन्तव्य राखेको थिए ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका महासचिव काकीराम लाओतीको संयोजकत्वमा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सह–सचिव आङबुहाङ अवोध अविरल, माङगेन्ना सेवा समितिका सदस्य पूर्णकार्की ढोली, किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोका पूर्व सदस्य सुनिल सेर्मा, किरात साम्जीक मुन्धुम निसामहिमका तुम सिक्साम्बा ललितचन्द्र फियाक रहेको पाँच सदस्यीय निर्वाचन मण्डलले पान्जुम्भोको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

पान्जुम्भोद्वारा १० बुँदे माङसेबुङ घोषणा पत्र जारी

किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले पहिलो पटक सम्मेलन मार्फत पान्जुम्भोको कार्य नीति पारित गरेको छ । पान्जुम्भोले १० बुँदे माङसेबुङ घोषणा पत्र जारी गरेको हो ।

मुहिङगुम अङसीमाङ लिङदेन फाल्गुनन्दको माङसिवाखाहुन र किरात धर्म दर्शनलाई अक्षरस पालना गर्दै वर्तमान धर्मगुरु आत्मानन्द लिङदेन तथा गुरुआमा पवित्रहाङमा साँवा लिङदेनहरुद्धारा सृजना गरिएका गीत संगीतहरुको संरक्षण गर्न र किरात मौलिक संस्कार संस्कृतिहरुलाई संरक्षण गर्दै विश्वव्यापी प्रचार–प्रसार गर्ने उद्देश्यले वि.स. २०३७ साल असोज २५ गते केन्द्रीय किरात सांस्कृतिक समितिको स्थापना भएको थियो ।

किरात धर्म सम्बद्ध सांस्कृतिक समितिले स्थापना यता निरन्तर किरात धार्मिक जागरणका सन्देशमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । यसरी अघि बढ्दै आउनेक्रममा २०५८ सालमा संस्थाको नाम परिवर्तन गरी ‘किरात साम्यो साक्थिम्गेन यक्पाङगेन पान्जुम्भो’ (किरात धर्म सांस्कृतिक राष्ट्रिय समिति) बनाइएको अङ्सीमाङगेन्ना सेवा समितिका महासचिव काकीराम लावतीले वताए ।

हेर्नुहोस्ः घोषणापत्र

सम्बन्धित समाचार

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

;