साक्थिम्गेन अध्यक्षमा ज्ञानु केदेम निर्वाचित, पान्जुम्भोद्वारा १० बुँदे घोषणापत्र जारी

 लिम्बुवान न्युज
                       

माङसेबुङ, लिम्बुवानखबर/किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो अध्यक्षमा ज्ञानु केदेम निर्वाचित भएका छन् । पान्जुम्भोको ४२ औं स्थापना दिवस तथा छैठौं केन्द्रीय सम्मेलनबाट केदेम अध्यक्षमा निर्वाचित भएका हुन् ।

किरात धार्मिक पर्यटकीय तिर्थस्थल इलामको माङसेबुङमा असोज २३ देखि चार दिनसम्म चलेको छैठौं सम्मेलनबाट केदेमको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

नवगठित पान्जुम्भोको उपाध्यक्षमा क्रमशः लेखनाथ चेम्जोङ, आइन्द्र थेगिम, चन्दा कुरुम्बाङ, सुमिला योङहाङ, अर्जुन सम्बाहाङफे निर्वाचित भएका छन् । यस्तैगरी सचिवमा सुवास गुरुङ, सह–सचिवमा अनिल चेम्जोङ, मिशन सेलिङ, कोषाध्यक्षमा मनप्रसाद चेम्जोङ र सह–कोषाध्यक्षमा चतुरमान साम्पाङ, प्रमिला कुरुम्बाङ सर्वसम्मत निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा बीरपन थेगिम, तारा केरुङ, अनिस लाओती, रमेश सिगु, दिलहाङ सम्बाहाङफे, आइन्द्र नेम्बाङ, दिलिप माखिम, तान्छोहाङ फियाक, लाबुनहाङ केरुङ, रमला साँबा, विपना तबेबुङ, नुमा आङदेम्बे, लक्ष्मी थेगिम, उमा सम्बाहाङफे निर्वाचित भएका छन् ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङले नव निर्वाचित कार्यसमितिलाई नीति निर्देशन सहित शुभकामना दिएका छन् । पान्जुम्भोका निवर्तमान अध्यक्ष रामबहादुर थुलुङ लगायतले साक्थिम्गेन पान्जुम्भोका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना मन्तव्य राखेको थिए ।

यस्तै कार्यक्रममा प्रतिबद्धता मन्तव्य राख्दै नव निर्वाचित अध्यक्ष ज्ञानु केदेमले पान्जुम्भोलाई थप मजबुद्ध, शसक्त र क्रियासिल बनाउने प्रतिबद्धता मन्तव्य राखेको थिए ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका महासचिव काकीराम लाओतीको संयोजकत्वमा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सह–सचिव आङबुहाङ अवोध अविरल, माङगेन्ना सेवा समितिका सदस्य पूर्णकार्की ढोली, किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोका पूर्व सदस्य सुनिल सेर्मा, किरात साम्जीक मुन्धुम निसामहिमका तुम सिक्साम्बा ललितचन्द्र फियाक रहेको पाँच सदस्यीय निर्वाचन मण्डलले पान्जुम्भोको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

पान्जुम्भोद्वारा १० बुँदे माङसेबुङ घोषणा पत्र जारी

किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले पहिलो पटक सम्मेलन मार्फत पान्जुम्भोको कार्य नीति पारित गरेको छ । पान्जुम्भोले १० बुँदे माङसेबुङ घोषणा पत्र जारी गरेको हो ।

मुहिङगुम अङसीमाङ लिङदेन फाल्गुनन्दको माङसिवाखाहुन र किरात धर्म दर्शनलाई अक्षरस पालना गर्दै वर्तमान धर्मगुरु आत्मानन्द लिङदेन तथा गुरुआमा पवित्रहाङमा साँवा लिङदेनहरुद्धारा सृजना गरिएका गीत संगीतहरुको संरक्षण गर्न र किरात मौलिक संस्कार संस्कृतिहरुलाई संरक्षण गर्दै विश्वव्यापी प्रचार–प्रसार गर्ने उद्देश्यले वि.स. २०३७ साल असोज २५ गते केन्द्रीय किरात सांस्कृतिक समितिको स्थापना भएको थियो ।

किरात धर्म सम्बद्ध सांस्कृतिक समितिले स्थापना यता निरन्तर किरात धार्मिक जागरणका सन्देशमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । यसरी अघि बढ्दै आउनेक्रममा २०५८ सालमा संस्थाको नाम परिवर्तन गरी ‘किरात साम्यो साक्थिम्गेन यक्पाङगेन पान्जुम्भो’ (किरात धर्म सांस्कृतिक राष्ट्रिय समिति) बनाइएको अङ्सीमाङगेन्ना सेवा समितिका महासचिव काकीराम लावतीले वताए ।

हेर्नुहोस्ः घोषणापत्र

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...