आइफोन १३ को बिक्री १ करोड गोटा कटौति

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २९ असाेज । मोबाइल फोनमा प्रयोग हुने सेमिकन्डक्टर अर्थात् चिपको विश्वव्यापी अभावले आइफोन १३ को व्यापारमा गम्भीर धक्का लागेको छ । चिप अभावकै कारण आइफोन १३ को बिक्रीमा १ करोड गोटाले कटौति हुने भएको छ ।

सन् २०२१ को अन्त्यसम्ममा विश्व बजारमा ९ करोड गोटा आइफोन १३ सिरिज बिक्री गर्ने लक्ष्य एप्पलको थियो । तर आइफोनका लागि चिप उत्पादन तथा आपूर्ति गर्ने ब्रोडकम र टेक्सास इन्स्ट्रुमेन्ट लगायतका कम्पनीहरुले अपेक्षित रुपमा नयाँ आइफोनको चिप उपलब्ध गराउन नसकेपछि एप्पलले आइफोन १३ को बिक्रीको लक्ष्यमा संशोधन गर्न बाध्य भएको हो ।

उता आइफोन १३ को बिक्री १ करोड गोटाले घट्ने प्रक्षेपण सार्वजनिक भएसँगै एप्पलको शेयर मूल्यमा १.६ प्रतिशतले गिरावट भएर झण्डै १४० डलरमा झरेको थियो । एप्पल मात्र नभएर चिप उत्पादक कम्पनी ब्रोडकम र टेक्सास इन्स्ट्रुमेन्टको शेयर मूल्यमा पनि गिरावट आयो ।

सेमिकन्डक्टर अभावका कारण एप्पल मात्र नभएर अन्य धेरै उद्योगहरु प्रभावित हुँदै आएका छन् । त्यसरी असर भोग्नेमा कार निर्माता कम्पनीहरुदेखि इलेक्ट्रोनिक्स कम्पनीहरु समेत छन् । जसका कारण उनीहरुले आफ्नो उत्पादनमा कटौति गर्न बाध्य भएका छन् ।

विश्लेषकहरुका अनुसार विश्वव्यापी रुपमा सेमिकन्डक्टरको बढ्दै जानु तर पर्याप्त आपूर्ति हुन नसक्दा भविष्यमा समेत विश्वका उद्योगहरुमा असर परिरहने देखिएको छ । कतिपयले चिप अभावलाई एप्पलले उत्कृष्ट ढंगले व्यवस्थापन गरिरहेको दाबी गरिरहँदा पछिल्लो रिपोर्टले चाहीँ एप्पलको अवस्था समेत अरुभन्दा फरक नरहेको देखाएको हो ।

ब्रोडकम तथा टिआइ लगायतका कम्पनीहरुले चिप निर्माणका लागि प्रायः ताइवान सेमिकन्डक्टर उत्पादक कम्पनीसँग करार सम्झौता गर्ने गरेका छन् । तर कोरोना भाइरस महामारी लम्बिँदै जानु र माग अत्यधिक हुँदा ताइवानी कम्पनीले समेत पर्याप्त चिप उत्पादन गर्न सकिरहेको छैन ।

एप्पलको टाउको दुखाइको अर्को प्रमुख कारणको रुपमा चीनको ऊर्जा संकट समेत रहेको छ । उर्जा संकटकै कारण एप्पलले आफ्ना चीनस्थित विभिन्न कारखानाबाट हुने आइफोन उत्पादनमा कटौति गर्नुपरेको छ । एप्पलले गत महिना सार्वजनिक गरेको आइफोन १३ को अर्डर लिइरहेको भएपनि उपभोक्ताको हातमा भने एक महिनापछि मात्र पुग्नेछ । (अनलाइन खबरबाट)

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...