आइफोन १३ को बिक्री १ करोड गोटा कटौति

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २९ असाेज । मोबाइल फोनमा प्रयोग हुने सेमिकन्डक्टर अर्थात् चिपको विश्वव्यापी अभावले आइफोन १३ को व्यापारमा गम्भीर धक्का लागेको छ । चिप अभावकै कारण आइफोन १३ को बिक्रीमा १ करोड गोटाले कटौति हुने भएको छ ।

सन् २०२१ को अन्त्यसम्ममा विश्व बजारमा ९ करोड गोटा आइफोन १३ सिरिज बिक्री गर्ने लक्ष्य एप्पलको थियो । तर आइफोनका लागि चिप उत्पादन तथा आपूर्ति गर्ने ब्रोडकम र टेक्सास इन्स्ट्रुमेन्ट लगायतका कम्पनीहरुले अपेक्षित रुपमा नयाँ आइफोनको चिप उपलब्ध गराउन नसकेपछि एप्पलले आइफोन १३ को बिक्रीको लक्ष्यमा संशोधन गर्न बाध्य भएको हो ।

उता आइफोन १३ को बिक्री १ करोड गोटाले घट्ने प्रक्षेपण सार्वजनिक भएसँगै एप्पलको शेयर मूल्यमा १.६ प्रतिशतले गिरावट भएर झण्डै १४० डलरमा झरेको थियो । एप्पल मात्र नभएर चिप उत्पादक कम्पनी ब्रोडकम र टेक्सास इन्स्ट्रुमेन्टको शेयर मूल्यमा पनि गिरावट आयो ।

सेमिकन्डक्टर अभावका कारण एप्पल मात्र नभएर अन्य धेरै उद्योगहरु प्रभावित हुँदै आएका छन् । त्यसरी असर भोग्नेमा कार निर्माता कम्पनीहरुदेखि इलेक्ट्रोनिक्स कम्पनीहरु समेत छन् । जसका कारण उनीहरुले आफ्नो उत्पादनमा कटौति गर्न बाध्य भएका छन् ।

विश्लेषकहरुका अनुसार विश्वव्यापी रुपमा सेमिकन्डक्टरको बढ्दै जानु तर पर्याप्त आपूर्ति हुन नसक्दा भविष्यमा समेत विश्वका उद्योगहरुमा असर परिरहने देखिएको छ । कतिपयले चिप अभावलाई एप्पलले उत्कृष्ट ढंगले व्यवस्थापन गरिरहेको दाबी गरिरहँदा पछिल्लो रिपोर्टले चाहीँ एप्पलको अवस्था समेत अरुभन्दा फरक नरहेको देखाएको हो ।

ब्रोडकम तथा टिआइ लगायतका कम्पनीहरुले चिप निर्माणका लागि प्रायः ताइवान सेमिकन्डक्टर उत्पादक कम्पनीसँग करार सम्झौता गर्ने गरेका छन् । तर कोरोना भाइरस महामारी लम्बिँदै जानु र माग अत्यधिक हुँदा ताइवानी कम्पनीले समेत पर्याप्त चिप उत्पादन गर्न सकिरहेको छैन ।

एप्पलको टाउको दुखाइको अर्को प्रमुख कारणको रुपमा चीनको ऊर्जा संकट समेत रहेको छ । उर्जा संकटकै कारण एप्पलले आफ्ना चीनस्थित विभिन्न कारखानाबाट हुने आइफोन उत्पादनमा कटौति गर्नुपरेको छ । एप्पलले गत महिना सार्वजनिक गरेको आइफोन १३ को अर्डर लिइरहेको भएपनि उपभोक्ताको हातमा भने एक महिनापछि मात्र पुग्नेछ । (अनलाइन खबरबाट)

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;