राजगढमा राजवंशी स्तम्भको अनावरण

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, झापा । आदिवासी समुदायको वाहुल्यता रहेको राजगढमा राजवंशी जातिलाई उच्च प्राथमिकतामा राख्दै स्तम्भ तयार गरिएको छ । बाह्रदशी गाउँपालिका ३ राजगढस्थित राजवंशी चौकमा निर्मित स्तम्भको अनावरण गरिएको हो ।

राजवंशी जातीय भेषभूषासहितको पुरुष र महिलाको आकृति भएको स्तम्भको प्रदेश सरकारका भूमि व्यवस्थ , सहकारी तथा कृषि राज्यमन्त्री ज्ञानेश्वर राजवंशीले अनावरण गरेका हुन् ।

बाह्रदशी गाउँपालिकाको १४ लाख ५० हजार रुपैयाँको बजेटमा सो स्तम्भ निर्माण गरिएको थियो । बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश साँसद पूर्णसिंह राजवंशी, नेकपा एमालेका अध्यक्ष केपी ओलीका सल्लाहकार असारु राजवंशी, एमालेका केन्द्रीय सदस्य हरि राजवंशी, एमालेकै ओमनारायण राजवंशी, नेपाली काँग्रेसका रामप्रसाद दुलाल, नेपाल रेडक्रस सोसाइटी बाह्रदशीका दयानन्द गोस्वामी, राजवंशी धर्म संस्कार समितिका लखनलाल राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बाह्रदशी ३ का वडाध्यक्ष विरेन्द्र राजवंशीले स्वागत गरेको कार्यक्रमको संचालन श्याम राजवंशीले गरेका थिए ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...