विष्णु इङनामको अफिसियल युट्युव मार्फत ‘हङकङ सिटी’ सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक, लिम्बुवानखबर । नायिका लक्ष्मी योङहाङ लिम्बू, मोडल तान्छोहाङ इङनाम लिम्बू र नीतु मादेन लिम्बूद्वारा अभिनित गीत ‘हङकङ सिटी’ सार्वजनिक गरिएको छ ।

उक्त ‘हङकङ सिटी’ गीतको भिडियोलाई गीतकार विष्णु इङनामको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

रणवीर शेर्मा (रवि शेर्मा)को निर्देशन रहेको गीतलाई गीतकार इङ्नाम लिम्बूले लेखका हुन् भने साक्थिम योङ्याको संगीत तथा आवाजमा उक्त गीत सजिएको छ ।

सामुइल लामाको कोरियोग्राफीमा इसाक जवेगुको छायाँकन तथा सम्पादन रहेको भिडियोमा सन्जु थलङ र झरना नेम्बाङको मेकअप रहेको छ ।

हङकङमा रहेर नेपाली गीत संगीतलाई माया गरिरहने बिष्णुको गीतमा चन्दु गोर्खालीको संगीत संयोजन तथा आरबी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...