मृगौला पिडित यवालाई कतारबाट आर्थिक सहयोग

,   लिम्बुवान न्युज
                       

काठमाडौं । पाँचथरको फालेलुङ ८ स्थित सुर्केनागी निवासी मृगौला पिडित संगिता यवा (भुजेल)लाई कतारबाट आर्थिक सहयोग प्राप्त भएको छ । संघीय लिम्बुवान सामाजिक मञ्च कतार प्रवासको पहलमा १ लाख २ हजार १९० रुपैयाँ रकम सहयोग प्रदान गरिएको हो ।

प्रवास मञ्चका अर्थसचिव कुमारसिं योङहाङको संयोजकत्वमा संकलित उक्त रकम सोमबार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अर्थ सचिव विष्णु कुमार यक्सोले पिढीत यक्वालाई भेट गरि हस्तान्तरण गरिएको प्रवास कतारका बरिष्ठ उपाध्यक्ष डम्बर लिङ्खिम मिसेकले जनाएका छन् ।

पिढीतकी बहिनी सबिना यवाको अनुरोधमा आर्थिक अवस्था अत्यन्तै दयनीय भएको याचना गर्दै विभिन्न सामाजिक संजालहरुबाट आर्थिक सहयोगको अपेक्षा गरिएको खबरलाई परोपकारी कार्यमा सहयोग गरिएको मिसेकले बताए । सामाजिक मञ्च कतारले परोपकारी कार्यमा विशेष सहयोग गर्दै आइरहेको मञ्चका संघीय अर्थसचिव यक्सोले बताए ।

मृगौला पिढीत यवाको हाल दुबै मृगौला प्रत्यारोपण गर्नुका लागि काठमाडौमा उपचार भईरहेको उनकी बहिनी सविनाले वताइन् ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;