थुम्कीमा रमाउँदै भोजकुमार लावती

 लिम्बुवान न्युज
                       

दमक, २ कार्तिक । लामो समय नेपाल प्रहरीमा सेवा गरेका उनको नेपालमा २०५२ सालको जनयुद्धसँगै सपनाहरु तुहिएँ । पाँचथरको उकालीओरालीहरुमा दौडिदै मोरङको पथरीमा जिवन व्यतित गर्दागर्दा जनयुद्धले थिलथिल भएको मुलकमा डरसरीको जागीर चटकै छोडेर विदेश पलायन भएका एक पात्र हुन् – भोजकुमार लावती ।

पथरीलाई कर्मथलो बनाई बसेका लावतीले लामो समय प्रवासमा विताए । प्रवासिन अघि मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हुँदै गर्दा कतै नेपालमा राजनीति परिवर्तन हुन्छकी भनी पहिचान सहितको संघीयता प्राप्तिको आन्दोलनमा पनि होमिए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास समिति मलेसियामा समेत काम गरेका लिम्बुले मलेसिया प्रवासको बसाईलाई बिट मार्दै नेपालमा आएपछि थुम्कीमा रमाउन थालेका छन् ।

मोरङ् जिल्लाको केराबारी ५, थुम्कीमा हाल “लावती कृषि तथा पशु फर्म” संचालनमा ल्याएर जिवनलाई कृषि क्रान्तिमा मोडेका छन् । थुम्कीमा बाबुले जोडेका ३० रोपनी जग्गामा करिब १५ लाखको लागतमा बाख्रा फर्म संचालन गरेका छन् भने ८/९ लाखको विभिन्न बोट विरुवाहरु कागती, एबोगार्ड, लिच्ची, आँप, सुन्तला, अमला, रुद्राक्ष, रिट्टा, सिंखौली लगायत रहेका छन् ।

त्यसैगरी उनले आफ्नो कृषि फर्ममा विभिन्न जातजातिका साग सब्जी रोपेर मगग्ये आम्दानी समेत गरिरहेका छन् । बर्षमा ५/६ लाख रुपैंयाँ मनग्यै आम्दानी गरिहेका लावतीका अनुसार गरे नेपालमै सुन फलाउन सकिने रहेछ भन्छन् । प्रवासमा गएर पसिना बगाईयो तर आफ्नै गाउँघर, बनजंगलमा बगाएको पसिनाको बेग्लै महत्व, पहिचान र अस्तित्व हुनेरहेछ । अहिले यसै बाख्राहरुसँग बनजंगलमा रमाउँदै मज्जा भईरहेको कथा सुनाउँछन् ।

मोटरबाट देखि करिब २० मिनेटको उकालो छिचोलेपछि उनको फर्म पुग्न सकिन्छ । बाटोको अलि असुविधा भएपनि हावापानी अत्यन्तै बस्न लायक रहेको उनको फर्म पुग्दा कुनै स्वर्गको एउटा सुन्दर आँगनको बगैंचामा लुकामारी खेलेको आभाष हुनेछ । पथरीको बसाईसँग त्यति नरुचाउने लावती यतै रमाइलो लाग्न थालेको बताउँछन् । गर्मी धुलो धुवा गाडीको हल्ला भन्दा यतै चराचुरुङ्गीहरुको आवाजहरुमा रमाउँदाको पल नै आफूलाई स्वर्गको आनन्द जस्तो आभाष भएको बताउँछन् ।

सरकारले कृषि तथा पशुपालनमा अलि राम्रो सेवा सुविधा दिए नेपालमै बसेर पनि मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने एउटा उदाहरणका पात्र हुन्– भोजकुमार लावती । लावतीले संचालनमा ल्याएका लावती कृषि तथा पशु फर्मले सफलता पाईरहोस् शुभकामना ।

 

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...