लिम्बुवानखबर, दमक ।पुर्वका चर्चित गायक तथा संगीतकार ब्रबिम सेर्मा र गायिका गंगा फियाक लिम्बूको आवाजमा सजिएको नयाँ लिम्बु भाषिक गीत ‘चल्लक चल्लक’ सार्वजनिक भएको छ ।
निर्देशक हाङ् चेम्जोङको निर्देशनमा मौसम इम्बुङ (फुलेन्देको बाउ) र पुष्पान्जली तिलिङ (चाप्पेतीको आमा)को अभिनय रहेको रोमान्सले भरिएको लिम्बू भाषिक गीत ‘चल्लक चल्लक’ भिडियो रीता फोम्बो ठुली अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतकार नेम खापुङको शब्द तथा संगीतमा सजिएको भिडियोमा सागर केरुङ, जेपी नेम्बाङ, पुर्ण लिम्बू, डिआर हाङ्सरुम्बा, सुमन सम्बाहाम्फे लगायतको पनि अभिनय देख्न पाइन्छ ।
रिता फोम्बो ठुली निर्माणमा तयार पारिएको भिडियोमा दिनेश माङ्मुको कोरियोग्राफी रहेको छ भने छायाँकन तथा सम्पादन इशाक जबेगुले गरेका हुन् ।
टेकेन्द्र याक्सोको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा मुस्कान मुकारुङको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...
धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...
ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...
ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...