लिम्बुवानखबर, दमक ।पुर्वका चर्चित गायक तथा संगीतकार ब्रबिम सेर्मा र गायिका गंगा फियाक लिम्बूको आवाजमा सजिएको नयाँ लिम्बु भाषिक गीत ‘चल्लक चल्लक’ सार्वजनिक भएको छ ।
निर्देशक हाङ् चेम्जोङको निर्देशनमा मौसम इम्बुङ (फुलेन्देको बाउ) र पुष्पान्जली तिलिङ (चाप्पेतीको आमा)को अभिनय रहेको रोमान्सले भरिएको लिम्बू भाषिक गीत ‘चल्लक चल्लक’ भिडियो रीता फोम्बो ठुली अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतकार नेम खापुङको शब्द तथा संगीतमा सजिएको भिडियोमा सागर केरुङ, जेपी नेम्बाङ, पुर्ण लिम्बू, डिआर हाङ्सरुम्बा, सुमन सम्बाहाम्फे लगायतको पनि अभिनय देख्न पाइन्छ ।
रिता फोम्बो ठुली निर्माणमा तयार पारिएको भिडियोमा दिनेश माङ्मुको कोरियोग्राफी रहेको छ भने छायाँकन तथा सम्पादन इशाक जबेगुले गरेका हुन् ।
टेकेन्द्र याक्सोको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा मुस्कान मुकारुङको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...
धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...
काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...