ब्रबिम र गंगाको आवाजमा लिम्बु गीत ‘चल्लक चल्लक’ सार्वजनिक

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, दमक । पुर्वका चर्चित गायक तथा संगीतकार ब्रबिम सेर्मा र गायिका गंगा फियाक लिम्बूको आवाजमा सजिएको नयाँ लिम्बु भाषिक गीत ‘चल्लक चल्लक’ सार्वजनिक भएको छ ।

निर्देशक हाङ् चेम्जोङको निर्देशनमा मौसम इम्बुङ (फुलेन्देको बाउ) र पुष्पान्जली तिलिङ (चाप्पेतीको आमा)को अभिनय रहेको रोमान्सले भरिएको लिम्बू भाषिक गीत ‘चल्लक चल्लक’ भिडियो रीता फोम्बो ठुली अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतकार नेम खापुङको शब्द तथा संगीतमा सजिएको भिडियोमा सागर केरुङ, जेपी नेम्बाङ, पुर्ण लिम्बू, डिआर हाङ्सरुम्बा, सुमन सम्बाहाम्फे लगायतको पनि अभिनय देख्न पाइन्छ ।

रिता फोम्बो ठुली निर्माणमा तयार पारिएको भिडियोमा दिनेश माङ्मुको कोरियोग्राफी रहेको छ भने छायाँकन तथा सम्पादन इशाक जबेगुले गरेका हुन् ।

टेकेन्द्र याक्सोको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा मुस्कान मुकारुङको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...