अन्तर्राष्ट्रिय प्रवास समन्वय मञ्चको दोस्रो महाधिवेशन कार्तिक ५ मा हुने

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ३ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको अन्तर्राष्ट्रिय प्रबास समन्वय मञ्चको दोश्रो ऐतिहाँसिक महाधिवेशन हुने भएको छ । मञ्चको आगामी कार्तिक ५ गते तद् अनुसार १२ अक्टोबरका दिन भर्चुअल जुम मार्फत महाधिवेशन हुने भएको हो ।

संघीय मञ्चको प्रवास संगठनहरुको समन्वय गर्ने यो मञ्चको दोश्रो ऐतिहाँसिक महाधिवेशनमा बिश्वका बिभिन्न १६ वटा देशका प्रतिनिधिहरु सहभागी हुने संयोजक चन्द्र कुमार लिङ्देनले जनाएका छन् ।

न्तर्राष्ट्रिय प्रबास समन्वय मञ्चको दोश्रो ऐतिहाँसिक महाधिवेशनमा सहभागी हुनको लागि बिभिन्न देशमा रहेका प्रबास समितिहरु ससक्त रुपमा अधिबेसनमा जुटि रहनु भएको छ । अन्तर्राष्ट्रिय प्रबास समन्वय मञ्चको संरचना संघीय मञ्चसंग मिल्दो जुल्दो रहेको छ ।

अन्तर्राष्ट्रिय प्रबास समन्वय मञ्चको महाधिवेशनमा प्रतिनिधि हुनको लागि प्रबास समितिका अध्यक्ष अनिबार्य हुनु पर्ने छ छ भने १ जना सदस्य प्रबास समितिहरुले मञ्चको बिनियम अुसार सिफारिस गर्ने ब्यवस्था रहेको संयोजक लिङदेनले बताए ।

अन्तराष्ट्रिय समन्वय मञ्चको संयोजक बन्नलाई सहभागी प्रबास समितिहरुबाट ५१% मत ल्याउनु पर्नेछ । मञ्चको संयोजकले सबै प्रबास समितिहरुसंग परामर्श गरि पदाधिकारी चयन गरिने छ । संयोजकले संघीय मञ्चसँग परामर्श र सबै प्रवास समितिहरुसँग समन्वय गर्ने पुलको काम गर्नुपर्ने बताइएको छ ।

मञ्चलाई राष्ट्रिय पार्टी बनाउन महत्वपूर्ण भूमिका निर्वाचन र सबै प्रकारको चुनावमा पार्टीलाई शसक्त रुपमा सहभागी गराउन समन्व्य मञ्चले काम गर्ने संकल्प गरेको समेत संयोजक लिङदेनले बताएका छन् । मञ्चको दोस्रो महाधिवेशनलाई मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;