अन्तर्राष्ट्रिय प्रवास समन्वय मञ्चको दोस्रो महाधिवेशन कार्तिक ५ मा हुने

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ३ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको अन्तर्राष्ट्रिय प्रबास समन्वय मञ्चको दोश्रो ऐतिहाँसिक महाधिवेशन हुने भएको छ । मञ्चको आगामी कार्तिक ५ गते तद् अनुसार १२ अक्टोबरका दिन भर्चुअल जुम मार्फत महाधिवेशन हुने भएको हो ।

संघीय मञ्चको प्रवास संगठनहरुको समन्वय गर्ने यो मञ्चको दोश्रो ऐतिहाँसिक महाधिवेशनमा बिश्वका बिभिन्न १६ वटा देशका प्रतिनिधिहरु सहभागी हुने संयोजक चन्द्र कुमार लिङ्देनले जनाएका छन् ।

न्तर्राष्ट्रिय प्रबास समन्वय मञ्चको दोश्रो ऐतिहाँसिक महाधिवेशनमा सहभागी हुनको लागि बिभिन्न देशमा रहेका प्रबास समितिहरु ससक्त रुपमा अधिबेसनमा जुटि रहनु भएको छ । अन्तर्राष्ट्रिय प्रबास समन्वय मञ्चको संरचना संघीय मञ्चसंग मिल्दो जुल्दो रहेको छ ।

अन्तर्राष्ट्रिय प्रबास समन्वय मञ्चको महाधिवेशनमा प्रतिनिधि हुनको लागि प्रबास समितिका अध्यक्ष अनिबार्य हुनु पर्ने छ छ भने १ जना सदस्य प्रबास समितिहरुले मञ्चको बिनियम अुसार सिफारिस गर्ने ब्यवस्था रहेको संयोजक लिङदेनले बताए ।

अन्तराष्ट्रिय समन्वय मञ्चको संयोजक बन्नलाई सहभागी प्रबास समितिहरुबाट ५१% मत ल्याउनु पर्नेछ । मञ्चको संयोजकले सबै प्रबास समितिहरुसंग परामर्श गरि पदाधिकारी चयन गरिने छ । संयोजकले संघीय मञ्चसँग परामर्श र सबै प्रवास समितिहरुसँग समन्वय गर्ने पुलको काम गर्नुपर्ने बताइएको छ ।

मञ्चलाई राष्ट्रिय पार्टी बनाउन महत्वपूर्ण भूमिका निर्वाचन र सबै प्रकारको चुनावमा पार्टीलाई शसक्त रुपमा सहभागी गराउन समन्व्य मञ्चले काम गर्ने संकल्प गरेको समेत संयोजक लिङदेनले बताएका छन् । मञ्चको दोस्रो महाधिवेशनलाई मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...

आजबाट निर्वाचन आचारसंहिता लागू

दमक, चैत्र २८ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम जिल्लाको क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर...

पहिचानवादीहरुको साझा उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित २० जनाको उम्मेदवारी मनोनयन

इलाम, २५ चैत्र। १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार इलामस्थित मुख्य...