प्रदेश १ मा बाढि पहिरोमा परी २२ जनाको मृत्यु

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ३ कार्तिक । बाढी पहिरोमा परी प्रदेश १ मा २२ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पहाडी जिल्लामा २० र तराईका जिल्लामा दुई जनाको मृत्यु भएको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीका अनुसार इलाममा सात जनाको मृत्यु भएको छ । पहिरोमा परी धनकुटामा ६ जनाको मृत्यु भएको छ ।

धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले भीमबहादुर श्रेष्ठको घर पुरेको थियो । पहिरोले पुरिँदा श्रेष्ठसहित ६ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

पाँचथरमा पनि ६ जनाको मृत्यु भएको छ । फिदिम–४ मा ममता लिम्बु र रोयन मगरको पहिरोले पुरीएर मृत्यु भएको छ । कुम्मायकको माङ्जावुङकी ४० बर्षिय डम्बर कुमारी शेर्मा, मिक्लाजुङ ४ का ६५ बर्षिय धन बहादुर लावती, फाल्गुनन्द गाँउपालीकाका बर्ष २८ का फुर्वा तामाङको पहिरोले पुरएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस्तै मिक्लाजुङ–५ मा एकजनाको मृत्यु भएको छ । उनको सनाखत हुन सकेको छैन् । विभिन्न ठाँउमा पहिरो घर पुर्दा तथा बगाउदा मृत्युका घटना भएका हुन् । पहिरोका कारण दजर्नौ परिवार विस्तापित भएका छन् । मक्लाजुङ–४ र फाल्गुनन्द १ मा दुई जना बेपत्ता छन् ।

बाढीमा परी सुनसरीमा दुई र उदयपुरमा एक जनाको मृत्यु भएको छ ।

पाँचथर । लगातार रुपमा भएको बर्षाका कारण विभिन्न ठाँउमा गएको पहिरोका कारण पाँचथरमा ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी इक्सपेक्टर डम्बर विश्वकर्माका अनुसार ६ जनाको मृत्य र २ जना बेपत्ता भएका छन् ।

पहिरोका कारण कोशी राजमार्ग र मेची राजमार्ग ठाँउ–ठाँउमा अवरुद्ध भएको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले इलामको देउमाई–फाकफोक खोलाको दोभानको पक्की पुल बगाएको छ । माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

 

सम्बन्धित समाचार

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

;