दमकमा रतुवा खोलाले ७ घर बगायो, १७ घर जोखिममा

 लिम्बुवान न्युज
                       

दमक, ३ कार्तिक । दमकको पूर्वी सिमानामा बग्ने रतुवा खोलामा आएको बाढीले दमक ७ स्थित गेटवान बस्तीका ७ वटा घर बगाएको छ भने १७ वटा घर बाढीको जोखिममा परेको छ ।

तीन दिनदेखि परेको अविरल बर्षापछि बस्तीनजिकैको रतुवा खोलामा गएराती १० वजेतिर आएको बाढीले कटान गर्दा त्यहाँका ७ वटा घर वगाउनुका साथै १७ वटा घर जोखिममा पारेको वडाध्यक्ष भिम प्रसाद पौडेलले बताए ।

बाढीबाट घर गुमाउनेमा सुवास लिम्बू, रामकुमारी लावती, खड्ग लिम्बू, डम्बरवहादुर श्रेष्ठ, बिष्णुमाया लिम्बू, मिना लिम्बू र डम्बर श्रेष्ठ रहेका छन् । यसैगरि बाढीले अभिकेशर प्रधान, अजन तिम्सीना, काजी गुरुङ, कृष्ण थापा, मनोज मास्के, उद्धव न्यौपाने, राजेश किस्कु, बिमल किस्कु, बम बहादुर तामाङ, भारती तामाङ, सीता श्रेष्ठ, दानबहादुर न्यौपाने, लाक्पा शेर्पा, भिम तामाङ, पविमाया तामाङ, गोविन्द श्रेष्ठ र कृष्ण श्रेष्ठको घर जोखिममा रहेको वडाध्यक्ष पौडेलले बताए ।

बाढीबाट थप क्षति हुन नदिन रातीनै प्रारिम्भक उद्दारका काम गरिएकाले भौतिक रुपमा कुनै मानवीय क्षति भने नगरेको उनले वताए । उनका अनुसार खोलामा एक्कासी आएको बाढीले त्यहाँ विछ्याइएको तारजाली वगाउनुका साथै खोलाले बस्तीतर्फ कटान तीव्र बनाएको थियो । खोलाबाट विस्थापित परिवारलाई नजिकैका छिमेकीका घरमा सुरक्षित रुपमा राखिएको उनले जानकारी दिए ।

यसैवीच, आज विहाननै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सीना, नगर प्रमुख रोमनाथ ओलीसहितका अधिकारीले क्षतिग्रस्त बस्तीको निरीक्षण गर्नुहुदै बाढी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तत्काल उद्धार तथा कटान रोकथाम कार्य तीव्र बनाउने जनाएका छन् ।

सम्बन्धित समाचार

सहिद लाजेहाङको आमाको निधनः आजै अन्त्येष्टि

दमक, ११ साउन । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलनका क्रममा सहिद भएका पदम कुमार लिम्बु लाजेहाङको आमाको निधन भएको छ । बिक्रम सम्वत २०१५ साल भदौं चार गते तेह्रथुममा जन्मिएकी धनमाया लिम्बुको...

भाषा आयोग र कियाचु बिच याक्थुङ/लिम्बु भाषा कार्यान्वयनमा समन्वयका लागि छलफल

ललितपुर, ११ साउन । भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुर, आयोगका माननीय सदस्यहरू तथा प्रमुख कर्मचारीहरूसँग किरात याक्थुङ चुम्लुङका प्रतिनिधिहरूबीच शुक्रबार काठमाडौंमा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। प्रदेश नं. १ मा याक्थुङ/लिम्बु...

निर्देशक सागर केरुङलाई स्कटल्याण्डमा “उत्कृष्ट निर्देशक अवार्ड”

ललितपुर, ९ साउन । पूर्व पान्थरमा जन्मिएका बहुप्रतिभाका धनी साहित्यकार, लेखक तथा निर्देशक सागर केरुङलाई ‘उत्कृष्ट निर्देशक अवार्ड’ प्रदान गरिएको छ । गत १९ जुलाई २०२५ मा स्कटल्याण्डको राजधानी एडिन्बरामा प्रथमपटक आयोजना गरिएको ‘नेपाल इन्डिजिनियस...

“पदको महत्वकांक्षाले म राजनीतिमा आएकी होइन”–विद्या भण्डारी

ललितपुर, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् । पूर्व राष्ट्रपति भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको अब पदको कुनै आशक्ति नरहेको स्पष्ट पारेकी हुन् । शुक्रबार काठमाडौंस्थित कार्की...