पाँचथरमा पहिरोले पुरिएर एकै घरमा ११ सहित २७ जनाको मृत्यु

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ३ कार्तिक । पाँचथर जिल्लामा दुईदिन आएको अविरल बर्षाका कारण पहिरोले वितण्डा मच्चाएको छ । बुधवार साझसम्ममा २४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले पुष्टि गरेको छ ।

प्रहरी कार्यालय पाँचथरका इक्स्पेक्टर डम्बर विश्वकर्माका अनुसार मिक्लाजुङ्–५ मा एकैघरमा ११ जनासँगै २४ जनाको मृत्यु, २ बेपत्ता र ६ जना घाईते भएको छन् । प्रहरीका अनुसार मिक्लाजुङमा थप ७ सहित १८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । तर गाँउपालिका अध्यक्ष अमर माखिमका अनुसार मृत्यु हुनेको संख्या २१ पुगेको छ भने तीन जना अझै बेपत्ता रहेको बताएका छन् ।

अध्यक्ष माखिमले बताए अनुसार जिल्लामा मृत्यु हुनेको संख्या २७ पुगेको देखिन्छ । उनको भनाईलाई उदृत गर्ने हो भने मिक्लाजुङ–५ मा १५ जनाको मृत्यु, २ बेपत्ता, वार्ड न. १ मा २, वार्ड २ मा २ जना यस्तै ७ नम्बर वार्डमा २ जनाको मृत्यु भएको छ भने वार्ड नं. ४ मा खोलाले बगाएर १ जना बेपत्ता भएका छन् । अध्यक्ष माखिमले मिक्लाजुङको प्राय सबै वार्डहरुमा पहिराेले क्षति पु¥याएको हुँदा उद्वारमा कठिनाई भएको जानकारी दिएका छन् ।

अविरल बर्षासँगै पहिरोमा परि फिदिम नगरपालिकामा २ जना, फाल्गुनन्द गाँउपालिकामा ३ र कुम्मायक गाँउपालिकामा १ जनाको मृत्यु भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा पहिरोका कारण भएको क्षतिको विवरण संकलन गर्न भने ढिलाई भएको जनाइएको छ । धेरै ठाँउमा पहिरो गएकाले प्रहरी तथा उद्वार टोली पुग्नलाईनै समस्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यहाँका सबैसडक अवरुद्ध हुदाँ घटना स्थलसम्म पुग्नपनि समस्या छ । क्षति अझै बढ्न सक्ने अनुमान भएको जनाएको छ ।

बर्षाले अत्यान्त जटिले परिस्थिति निर्माण गरेपनि सुरक्षाकर्मी घटना स्थलहरुसम्म पुगेको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले जानकारी दिए ।

 

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...