पाँचथरमा पहिरोले पुरिएर एकै घरमा ११ सहित २७ जनाको मृत्यु

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ३ कार्तिक । पाँचथर जिल्लामा दुईदिन आएको अविरल बर्षाका कारण पहिरोले वितण्डा मच्चाएको छ । बुधवार साझसम्ममा २४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले पुष्टि गरेको छ ।

प्रहरी कार्यालय पाँचथरका इक्स्पेक्टर डम्बर विश्वकर्माका अनुसार मिक्लाजुङ्–५ मा एकैघरमा ११ जनासँगै २४ जनाको मृत्यु, २ बेपत्ता र ६ जना घाईते भएको छन् । प्रहरीका अनुसार मिक्लाजुङमा थप ७ सहित १८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । तर गाँउपालिका अध्यक्ष अमर माखिमका अनुसार मृत्यु हुनेको संख्या २१ पुगेको छ भने तीन जना अझै बेपत्ता रहेको बताएका छन् ।

अध्यक्ष माखिमले बताए अनुसार जिल्लामा मृत्यु हुनेको संख्या २७ पुगेको देखिन्छ । उनको भनाईलाई उदृत गर्ने हो भने मिक्लाजुङ–५ मा १५ जनाको मृत्यु, २ बेपत्ता, वार्ड न. १ मा २, वार्ड २ मा २ जना यस्तै ७ नम्बर वार्डमा २ जनाको मृत्यु भएको छ भने वार्ड नं. ४ मा खोलाले बगाएर १ जना बेपत्ता भएका छन् । अध्यक्ष माखिमले मिक्लाजुङको प्राय सबै वार्डहरुमा पहिराेले क्षति पु¥याएको हुँदा उद्वारमा कठिनाई भएको जानकारी दिएका छन् ।

अविरल बर्षासँगै पहिरोमा परि फिदिम नगरपालिकामा २ जना, फाल्गुनन्द गाँउपालिकामा ३ र कुम्मायक गाँउपालिकामा १ जनाको मृत्यु भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा पहिरोका कारण भएको क्षतिको विवरण संकलन गर्न भने ढिलाई भएको जनाइएको छ । धेरै ठाँउमा पहिरो गएकाले प्रहरी तथा उद्वार टोली पुग्नलाईनै समस्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यहाँका सबैसडक अवरुद्ध हुदाँ घटना स्थलसम्म पुग्नपनि समस्या छ । क्षति अझै बढ्न सक्ने अनुमान भएको जनाएको छ ।

बर्षाले अत्यान्त जटिले परिस्थिति निर्माण गरेपनि सुरक्षाकर्मी घटना स्थलहरुसम्म पुगेको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले जानकारी दिए ।

 

सम्बन्धित समाचार

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या ९८७: अझै ३ हजार ९१६ सम्पर्कविहीन

ललितपुर, १६ भदाैं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९ सय ८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा...

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

;