मुलुकभरी बाढीपहिरोमा परि ८८ जनाको मृत्यु, ३० अझै बेपत्ता

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ४ कार्तिक । देशभरी अविरल बर्षापछि आएको बाढी, पहिरो र डुबानबाट मुलुकका विभिन्न स्थानबाट ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार ३० जनाको बेपत्ता भएको छ । मन्त्रालयले जनाए अनुसार आजै मात्र ११ जनाको मृत्यु पुष्टि भएको हो ।

अविरल बर्षका कारण गएको पहिरोले अधिकांशको ज्यान गएको महाशाखाले जनाएको छ । मङ्गलबार १४, बुधबार ६३ र आज ११ जनाको मृत्यु पुष्टि भएको छ । सबैभन्दा धेरै पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ भने इलाम र डोटीमा १३/१३ जनाको मृत्यु भएको छ ।

यस्तै कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभयो ।

विपद्बाट २० जिल्ला बढी प्रभावित भएको छ । बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । पाँचथरमा चारसहित विभिन्न जिल्लामा गरेर ३० बेपत्ता रहेको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आजदेखि भने मौसममा सुधार आएको छ ।

पाँचथरमा मृत्यु भएका २७ मध्ये १७ को पहिचान खुल्यो

पाँचथरमा बाढी पहिरोबाट मृत्यु हुने २७ मध्ये १७ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । सबैभन्दा धेरै मिक्लाजुङ गाउँपालिकाको १३ जनाको पहिचान भएको हो अध्यक्ष अमर माखिमले बताएका छन् । मिक्लाजुङ ५ का ३६ वर्षीय विष्णुप्रसाद लावती, ५५ वर्षीया भद्रमाया लावती, ३६ वर्षीय सन्दीप लावती, १७ वर्षीया अनिशा चोङवाङ, २८ वर्षीय प्रताप चोङवाङ, ६५ वर्षीय पदमसिंह चोङवाङ, ३१ वर्षीय सुरज चोङवाङ, ७६ वर्षीय नरबहादुर लावती, ९ महिनाकी आकांक्षा लावती रहेका छन् । यस्तै, मिक्लाजुङ ४ का २९ वर्षीय बबिन राई, ६० वर्षीय साहिला मगर, ६५ वर्षीय धनबहादुर लावती र २७ वर्षीया दिवाना राईको शव पहिचान भएको हो ।

यसैगरी बुधबार पहिरोमा पुरिएर ज्यान गुमाएका फिदिम ४ की २५ वर्षीया ममता मगर, ४ वर्षीय रोयल मगर, कुम्मायक २ का ४० वर्षीय डम्बरकुमारी शेर्मा, र फाल्गुनन्द गाउँपालिकाका २८ वर्षीय फुर्बा तामाङको पहिचान गरिएको प्रहरीले जनाएको छ । (तस्वीरः मिराक लावतीकाे वालबाट)

 

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...