प्रादेशिक संचार प्रतिष्ठानमा नियुक्ति प्रती चार पत्रकारजन्य संगठनहरुको आपत्ति

 लिम्बुवान न्युज
                       

  1. दमक। प्रदेश नम्बर १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले हालै प्रादेशिक सञ्चार प्रतिष्ठान सञ्चालक समितिमा गरेको नियुक्तिप्रति चार वटा पत्रकारजन्य संगठनहरुले आपत्ति जनाएका छन् ।
    नेपाल प्रेस यूनियन, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन र प्रेम मञ्च नेपालले संयुक्त विज्ञप्ति जारी गरेर सो नियुक्ति प्रक्रियाको विरोध गरेका हुन् ।
    जारी विज्ञप्तिमा भनिएको छ– कानुनतः निर्धारित समयभित्र संसद्बाट विश्वासको मत प्राप्त गर्न नसकी सान्दर्भिकतामै प्रश्न उठिरहेको यस सरकारले हतार–हतार गरिरहेको नियुक्तिले पत्रकारिता क्षेत्रमा गलत नजिरमात्र स्थापित गरेको छैन, प्रादेशिक सञ्चार प्रतिष्ठानको गरिमालाई समेत ध्वस्त बनाउने कार्य भइरहेको हाम्रो ठहर छ ।
    प्रेस सेन्टर नेपाल १ नं. प्रदेश समितिका संयोजक श्रीशीशा राई, नेपाल प्रेस युनियन १ नं. प्रदेश समिति सचिव धनबहादुर पुरी, समाजवादी प्रेस संगठन प्रदेश नं. १ का इन्चार्ज तीर्थ सिग्देल र प्रेस मञ्च नेपाल सङ्घीय समितिका उपाध्यक्ष एवम् प्रदेश १ इन्चार्ज कमन देवानले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा प्रादेशिक सञ्चार प्रतिष्ठानलाई राजनैतिक उद्देश्य पूरा गर्ने माध्यम नबनाउन र पत्रकारिताजस्तो जिम्मेवार क्षेत्रलाई राजनीतिको प्रभावमा नपार्न माग गरेका छन् ।
    हाल भईरहेका नियुक्ति कार्य तत्काल रोक्न र भएका नियुक्ति तत्काल खारेज गर्न माग गर्दै विज्ञप्तिमा गलत ढंगबाट भएका नियुक्तिको प्रलोभनमा नपर्न सम्पूर्ण श्रमजीवी पत्रकारहरुमा आव्हान गरिएको उल्लेख छ ।

सम्बन्धित समाचार

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

;