अन्तर्राष्ट्रिय समन्वय मञ्चको संयोजकमा पुनः लिङ्देन निर्वाचित

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, प्रवास विभाग, ६ कार्तिक । संघीय लोकतान्त्रिक राष्टिङय मञ्च अन्तर्गत संघय लिम्बुवान सामाजिक मञ्च अन्तर्राष्ट्रिय प्रबास समन्वय मञ्चको दोस्रो महाधिबेसन भर्चुअल जुम मार्फत सम्पन्न भएको छ । शुक्रबार साँझ सम्पन्न जुम महाधिवेशनले पुनः दोस्रो कार्यकालको लागि चन्द्र कुमार लिङदेनलाई निर्वाचत गरेको छ ।

विभिन्न १६ वटा सामाजिक मञ्चहरुबाट संयोजक लिङ्देनसँगै सह–संयोजकहरुमा हरिस लावती हङकङ, राजेन्द्र निङलेकु (लासाङ्), युएई, रेखा राई, कतार, रमेश लावती, दक्षिण कोरिया, टंक खापुङ् यूके, नारायण लावती खाम्बेक्सा, मलेसिया, प्रकेश पाहिम इजरायल, बसन्त चेजी माबो, साउदीअरब, विष्णु आङ्देम्बे, बेल्जियम, रबि चेजी माबो, कुवेत, दुर्गा विवस लिम्बु, बहराईन, बालकुमार लिम्बु, साईप्रस रहनु भएको छ ।

त्यसैगरी समितिको सचिवमा रुखमान इम्बुङ (रिकम), दक्षिण कोरिया, सह–सचिव गीता तुम्बाहाम्फे, इजरायल, अर्थसचिव हर्क सेनेहाङ , हङकङ, सह–अर्थसचिव मञ्जु खुदाङ, साइप्रस रहेका छन् । सदस्यहरुमा सुरेन्द्र निङलेकु (लाजेहाङ), युएई, नगेन्द्र लिङ्दम लिम्बु (मौसम), कतार र हर्क लिवाङ, मलेसिया रहेका छन् भने बाँकी रिक्त पदहरुमा थप मनोनित गरेर लाने नव निर्वाचित संयोजक लिङदेनले बताए ।

भर्चुअल जुम मार्फत भएको महाधिवेशनलाई मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले सम्बोधन गरेका थिए भने सबै प्रवास समितिका अध्यक्षहरुले आ–आफ्नो प्रवासको सांगठानिक गतिविधि एवम् आगामी पार्टीको कार्य दिशा बारे चर्चा गरेका थिए । कार्यक्रम संयोजक चन्द्र कुमार लिङदेन संयोजन गरेका थिए ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;