दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
लिम्बुवानखबर, ६ कार्तिक । किरात याक्थुङ् चुम्लुङ जिल्ला शाखाको आयोजनामा राष्ट्रिय जनगणना सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार कमल–५ मंगलबारे बजारमा सम्पन्न कमल गाउँपालिका स्तरिय एक दिने सचेतना कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागिहरुले जनगणनामा विशेष गरेर धर्म, भाषा, जात र अन्य कुराहरुको पनि तथ्याङ्क संकलन हुने भएकोले विश्वासनीय र भरपर्दो रूपमा आफ्नो तथ्याङ्क सङ्कलन गर्ने गणकहरुलाई आपसी निगरानी सहित आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने कुरा जोड दिएका थिए ।
चुम्लुङ कमल गाउँ शाखाको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा चुम्लुङ् जिल्ला अध्यक्ष सेसेहाङ् फियाकले आसन्न १२ औ राष्ट्रिय जनगणना २०७८ को सन्दर्भमा आफ्नो भनाई राख्दै जातको महलमा लिम्बू, भाषाको महलमा लिम्बू, पुर्ख्यौली भाषाको महलमा लिम्बू, दोस्रो भाषाको महलमा नजिकको आदिवासी जनजातिको भाषा र धर्मको महलमा किरात लेख्न, लेखाउन अपिल गर्दै समग्र कमलबासी याक्थुङ् लिम्बुहरुको घर घरमा यो सन्देश पुर्याउन अपिल गरेका थिए ।
त्यसैगरी चुम्लुङ् जिल्ला सचिव प्रेमचन्द्र लिम्बुले जनगणना सम्बन्धि सचेतना कार्यक्रम आयोजना गर्नुको औचित्य प्रकाश पार्दै आगामी कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म सम्पन्न हुने राष्ट्रिय जनगणनामा सम्पूर्ण याक्थुङ् लिम्बुहरू कोहिपनि नछुटी, नछुटाई सहभागी बनेर आफ्नो गणना गर्न, गराउन अपिल गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय चुम्लुङ् सदस्य गुमानसिंह सम्बाहाङ्फे, राष्ट्रिय चुम्लुङ सदस्य शिवकुमार मेन्याङ्बो, जिल्ला सह–सचिव कविन्द्र सेर्मा, जिल्ला सदस्य चन्द्रकला सुब्बा, कियाचु कमल गाउँ शाखा सल्लाहकार सूर्य योक्पान्देन लगायतले बोलेका थिए ।
कियाचु कमल गाउँ शाखा अध्यक्ष पुण्यप्रसाद सम्बाहाङफेको अध्यक्षतामा सम्पन्न सचेतना कार्यक्रममा कमल गाउँ शाखा अन्तर्गतका सम्पूर्ण गाउँ शाखा पदाधिकारी सदस्य लगायत वडाका चुम्लुङ वडा शाखा पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति रहेको थियो ।
कियाचु कमलका उपाध्यक्ष मनकुमार थलङ् लिम्बुले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन चुम्लुङ कमल गाउँ शाखा सचिव इन्द्रबहादुर सोदेम्बा लिम्बुले गरेका थिए ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...