पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ६ कार्तिक । नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष वरिष्ठ पत्रकार रामानन्द प्रसाद गुप्ताको निधन भएको छ । शुक्रबार राति उपाध्यक्ष गुप्ताको उपचारको क्रममा निधन भएको हो ।

उच्च रक्तचापका दीर्घरोगी गुप्ताको बुधबार अचानक रक्तचाप बढेपछि परिवारजनले उनलाई विराटनगरस्थित न्यूरो अस्पताल भर्ना गरेका थिए । गुप्ता सिरहाबाट ब्रोडसिट पत्रिका प्रकाशन गर्ने पहिलो व्यक्ति हुन् ।

जिल्लामा उनको योगदान अविस्मरणीय रहेको सिरहाका पत्रकारहरुको भनाइ छ । गुप्ताको पार्थिव शरीरमाथि नेपाल पत्रकार महासंघ सिरहा शाखाले झण्डा ओढाएर सम्मान प्रकट गरेको छ ।

उनको असमायिक निधन प्रति सञ्चारकर्मीदेखि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसम्मले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

;