दमक चुम्लुङद्वारा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

  • मुसाहाङ अम्याङ्सा

दमक, ८ कार्तिक । किरात याक्थुङ् चुम्लुङ दमक नगर समितिले “राष्ट्रिय जनगणना–२०७८ सम्बन्धि सचेतना तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न गरेको छ । आइतबारका दिन दमक–७ स्थित किरात भवनमा दमक नगर समितिले उक्त कार्यक्रम आयोजना गरेको हो ।

कियाचु केन्द्रीय सदस्य बिष्णुमाया चेम्जोङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कियाचु जिल्ला अध्यक्ष सेसेहाङ् फियाक लिम्बुले यहि कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्ममा सम्पन्न हुन गइरहेको १२ औं राष्ट्रिय जनगणना–२०७८ को सन्दर्भका औचित्यको बारेमा प्रष्ट पार्दै जातीय, भाषिक र धार्मिक दृष्टिकोणमा आफ्नो प्रष्ट र विश्वास्नियता पुर्वक तथ्याङ्क राष्ट्रलाई दर्शाउन जातिको महलमा लिम्बू, मातृभाषाको महलमा लिम्बू, पुर्ख्यौली भाषाको महलमा लिम्बू, दोस्रो भाषाको महलमा नजिकको आदिवासीको भाषा राई, धिमाल, याक्खा र धर्मको महलमा किरात लेख्न, लेखाउन चुम्लुङका सबै तह लाग्नु पर्ने कुरामा जोड दिएका छन् । उनले त्यसैगरी अन्तर्कृया कार्यक्रममा सहभागिहरुले भाषा र धर्मको बारेमा उठाएका जिज्ञासाको बारेमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि चुम्लुङ् केन्द्रीय सदस्य बिष्णुमाया चेम्जोङ, बिशिष्ठ अतिथि कियाचु पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लावती, राष्ट्रिय चुम्लुङ् सदस्य गुमानसिं सम्बाहाङ्फे, कियाचु लिम्बुवान प्रदेश सदस्य भिम सुब्बा, जिल्ला चुम्लुङ् सह–सचिव कविन्द्र सेर्मा, लिम्बू साहित्य प्रतिष्ठान दमकका कुलपति सेसेमी से–नाल्वो, लिम्बू साहित्य प्रतिष्ठान दमक महासचिव डिल्लीश्वर मुसाहाङ लगायतका बक्ताहरूले जनगणनाको सन्दर्भमा प्रष्ट पार्दै जनगणनामा सम्पुर्ण याक्थुङ् (लिम्बू) सहभागी हुन, गर्न, गराउन जोड दिनुभएको थियो भने चुम्लुङ् जिल्ला सचिव प्रेमचन्द्र लिम्बुले कार्यक्रम तथा अन्तर्कृया कार्यक्रमको औचित्य पुष्ट्याउनुभएको थियो ।

किरात याक्थुङ् चुम्लुङ् दमक नगर कार्य समितिका अध्यक्ष देबेन्द्र माबोहाङ् चेम्जोङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपाध्यक्ष ओममाया आङ्देम्बेले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा दमकबासी स्थानी बुद्धिजीवि, चुम्लुङ नगर पदाधिकारी, सदस्य, वडा समिति पदाधिकारी, सदस्य लगायत चुम्लुङ् आजीवन सदस्यहरूको व्यापक उपस्थित रहेको थियो भने कार्यक्रम सञ्चालन चुम्लुङ् नगर शाखा सह–सचिव चन्द्र कन्दङ्वाले गरेका थिए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...