लिम्बुवान मञ्चको माईमा राजनैतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

,   लिम्बुवान न्युज
                       

महमाई, ८ कार्तिक । संघीय लिम्बुवान मञ्च, नेपाल माई वडा नं. ६ मा राजनैतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार माईस्थित मागुनामा मञ्चका प्रान्तीय महासचिव शान्ता योङहाङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको आयोजना भएको हो ।

विद्यार्थी नेता सुरेश नेम्बाङको विशेष पहलमा आयोजित उक्त कार्यक्रममा मञ्चका प्रान्तीय उपमहासचिव दिलकुमार लावती, प्रान्तीय सदस्य सन्तोष तुम्बापो, इलाम जिल्ला अध्यक्ष दिपक योङहाङ् लगायत नेताहरुले नेपालको राजनीतिमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको उदयसँगै लिम्बुवान मञ्चले पहिचान राजनीतिमा नयाँ इटा थप्ने काम गरेसँगै देशमा संघीयताको जग बसेको बताएका छन् ।

उक्त अन्तरक्रिया कार्यक्रममा माई नगरपालिका वडा न ६ धनमान नेम्बाङकाे अध्यक्षतामा १९ सदस्यीय वडा समिति गठन भएको छ । समितिको सचिवमा दिपकिशोर राई रहनु भएको छ भने सदस्यहरुमा चमेली फत्र, राजेन्द्र नेम्बाङ, देउमान सेर्मा, जीवन लिङ्देन, सुरेश लिङ्देन, रेनुका पौडेल, सरिता नेम्बाङ, बुधराज सेर्मा, मिराक लिङदेन, उषा थेगिम, अनिल बेघा, राजकुमार आङदेम्बे, बेनुप सेर्मा, लालसिंह लिङदेन, सुखबहादुर लिङदेन, सम्झना नेम्बाङ र गल्सन नेम्बाङ् रहेका छन् । थप पदाधिकारीहरु भने आगामी बैठकले चयन गर्ने नव गठित समितिको अध्यक्ष छत्रमान नेम्बाङले बताए ।

त्यसैगरी कार्यक्रममा २० जनालाई क्रियासिल सदस्यता समेत प्रदान गरिएको थियो । कार्यक्रमलाई जिल्ला कार्य समितिका सचिवालय सदस्य वीर बहादुर सेर्माले अध्यक्षता गरेका थिए । त्यसैगरी स्वागत मन्तव्य समाजसेवी एवम् लिम्बुवान प्रेमी शेर बहादुर थेगिम र कार्यक्रम संचालन विद्यार्थी नेता नेम्बाङ्ले गरेका थिए ।

 

सम्बन्धित समाचार

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

;