नोगेन हाङ्सरुम्बाको ‘छोड्दिन बिचैमा’ गीतको म्युजिक भिडियो छायाँङकन सम्पन्न

,   लिम्बुवान न्युज
                       

पान्थर फिदिम । गायक नोगेन हाङ्सरुम्बाको ‘छोड्दिन विचैमा’ बोल गीतको म्युजिक भिडियो छायाङकन सोमबार सकिएको छ । बुद्धराज लिम्बुको शब्द संगीत रहेको गीतलाई लिम्बुले नै निर्देशन गरेका हुन् ।

पान्थरको साधुटार, तमोर, लब्रे सिलौटी लगायत विभिन्न रमणीय स्थलहरुमा छायाङकन गरिएको गीतलाई हाङ्सरुम्बाले स्वर दिएका छन् ।

इशाक जबेगुको छायाङकन/सम्पादन, अरुणा नेल एन्ड आर्ट मेकअप स्टुडियो, दिनेश श्रेष्ठको एरेन्ज रहेको गीतलाई बरदान युटुब च्यानलबाट सार्वजनिक गरिने निर्देशक लिम्बुले बताए ।

बरदान संगीतालयले निर्माण गरेको भिडियोमा नोगेन हाङ्सरुम्बा, निशाम तुम्बापो, सागर केरुङ्, उदय नेम्बाङ्, बरदान इङ्वा, ज्योती सुहाङ, अनिता थाम्सुहाङ र पुरन राइले अभिनय गरेका छन् ।

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;