नोगेन हाङ्सरुम्बाको ‘छोड्दिन बिचैमा’ गीतको म्युजिक भिडियो छायाँङकन सम्पन्न

 लिम्बुवान न्युज
                       

पान्थर फिदिम । गायक नोगेन हाङ्सरुम्बाको ‘छोड्दिन विचैमा’ बोल गीतको म्युजिक भिडियो छायाङकन सोमबार सकिएको छ । बुद्धराज लिम्बुको शब्द संगीत रहेको गीतलाई लिम्बुले नै निर्देशन गरेका हुन् ।

पान्थरको साधुटार, तमोर, लब्रे सिलौटी लगायत विभिन्न रमणीय स्थलहरुमा छायाङकन गरिएको गीतलाई हाङ्सरुम्बाले स्वर दिएका छन् ।

इशाक जबेगुको छायाङकन/सम्पादन, अरुणा नेल एन्ड आर्ट मेकअप स्टुडियो, दिनेश श्रेष्ठको एरेन्ज रहेको गीतलाई बरदान युटुब च्यानलबाट सार्वजनिक गरिने निर्देशक लिम्बुले बताए ।

बरदान संगीतालयले निर्माण गरेको भिडियोमा नोगेन हाङ्सरुम्बा, निशाम तुम्बापो, सागर केरुङ्, उदय नेम्बाङ्, बरदान इङ्वा, ज्योती सुहाङ, अनिता थाम्सुहाङ र पुरन राइले अभिनय गरेका छन् ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...