फोनिजको सातौं संघीय महाधिवेशन माघ ७ र ८ गते हुने

 लिम्बुवान न्युज
                       

नुवाकोट । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं संघीय महाधिवेशन हुनेभएको छ । बुधबार महासंघको सातौं पूर्ण बैठकले आगामी माघ ७ र ८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशनस्थल बारे फोनिज संघीय समिति सचिवालयले आवश्यक छलफल गरी टुङ्गो लगाउने गरी महाधिवेशनको मिति टुङ्गो लगाइएको संघीय सचिव कमन देवानले बताए ।

नुवाकोटको ककनीस्थित अन्तर्राष्ट्रिय स्काउट तालिम केन्द्रमा बसेको बैठकले आगामी मंसिर १५ गतेभित्र सदस्यता वितरण तथा नवीकरण सम्पन्न गर्ने, मंसिर २५ गतेभित्र जिल्ला अधिवेशनहरु र प्रवास शाखाहरुको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । त्यस्तै सात वटै प्रदेशका प्रादेशिक महाधिवेशनहरु पुष २४ गते सम्पन्न गर्ने तय भएको छ ।

फोनिज आन्दोलनलाई सशक्त बनाउन र सांगठानिक गतिविधिमा एकरूपता ल्याउन सदस्यता नवीकरण, जिल्ला, प्रवास शाखा अधिवेशन र प्रादेशिक महाधिवेशनहरुको मिति एकै दिन तोकिएको फोनिज अध्यक्ष डण्ड गुरुङ्ले जानकारी दिएका छन् ।

सातौं संघीय महाधिवेशन सम्पन्न गर्न फोनिज संघीय समिति, संस्थागत सदस्य संस्थाका अध्यक्षहरु, सातै प्रदेश समितिका अध्यक्षहरु, महाधिवेशन सम्पन्न हुने प्रदेशको फोनिज प्रदेश समिति र फोनिजका सबै जिल्ला शाखा अध्यक्षहरु सदस्य रहनेगरी महाधिवेशन मूल आयोजक समिति गठन गर्ने निर्णय भएको महासचिव मनोज घर्तीमगरले जानकारी दिएका छन् ।

बैठकमा फोनिज बागमती प्रदेश इन्चार्ज समीर बलामी, गण्डकी प्रदेश इन्चार्ज हुम तमु, लुम्बिनी प्रदेशका अध्यक्ष मिलन गाहाले आ–आफ्नो प्रदेशमा भएका फोनिज गतिविधि रिपोर्टिङ गरेका थिए । बैठकले सातै प्रदेशलाई आगामी एक हप्ताभित्र लिखित रिपोर्टिङ बुझाउन निर्देशन समेत गरेको छ ।

महाधिवेशन सम्पन्न गर्न आवश्यक विभिन्न उप–समिति गठन गर्ने अधिकार संघीय समिति सचिवालयलाई दिइएको छ । फोनिजको देशभर ५४ जिल्ला शाखा र ६ वटा प्रवास शाखा र ८ वटा संस्थागत सदस्य समितिका रहेका छन् ।

फोनिजले जापान, मलेसिया, अमेरिका, दक्षिण कोरिया, दुबाई र बेलायतमा शाखा विस्तार गरिसकेको छ भने गुरुङ, लिम्बू, मगर, नेवार, राई, शेर्पा, तामाङ र थारू पत्रकार संघ संस्थागत सदस्य संस्थाका रूपमा फोनिजमा आवद्ध छन् ।

सम्बन्धित समाचार

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

;