लिम्बुवान सामाजिक मञ्च युएईको अध्यक्षमा विक्रम लिम्बु निर्वाचित

 लिम्बुवान न्युज
                       

युएई, दुवाई । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च, युएईको पाँचौ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार युएईमा सम्पन्न अधिवेशनले विक्रम लिम्बु पन्धाकको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा निर्मल लिम्बु (नाम्योहाङ), उपाध्यक्षहरुमा गौरव कुमार कुरुम्बाङ र भिम अधिकारी, महासचिवमा सुरेन्द्र लिम्बु (लाजेहाङ), सचिवमा आरती वनेम, अर्थ सचिवमा भिमा लिम्बु –भुमा) र प्रवक्तामा विराज केरुङ (मायालु कान्छा) सर्वसहमतिमा चयन भएका छन् ।

यसैगरी समितिको सदस्यहरुमा टीका लिम्बु, मेख लिम्बु, दिपा लिम्बु, मनिसा लिम्बु, लोकेन्द्र सम्बाहाम्फे, विशाल लिङदेन, स्टिभ सन, खेबेन्द्र ताम्लिङ, यमि मेन्याङबो, रुपा राई लिम्बु, सविन अधिकारी, सजल काजी थापा र अम्बर फियाक निर्वाचित भएका छन् ।

आजै सम्पन्न अधिवेशनले सल्लाहकार समिति पनि गठन गरेको छ । मञ्चका संघीय सदस्य तेजबहादुुर लिम्बु (आवाज)लाई बरिष्ठ सल्लाहकारमा नियुक्त गर्दै सल्लाहकार सदस्यहरुमा राम फियाक, राजेन्द्र लिम्बु (लासाङ), चक्र सिंगक, राम योङहाङ, स्विकार चाम्लिङ र बबिराम थोप्रा चयन भएका छन् ।

 

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...