किरात धार्मिक दुई संस्थाले फक्ताङलुङ हिमाल आरोहण रोक्न सरकारलाई बुझायो ध्यानाकर्षणपत्र

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर संवाददाता । किरातहरुको महातिर्थस्थल फक्ताङलुङ हिमाल आरोहण अनुमतिमा पर्यटकहरुलाई रोक लगाउन दुई संस्थाले नेपाल सरकारलाई संयुक्त ध्यानाकर्षण पत्र बुझाएको छ ।

पवित्र महातिर्थस्थल फक्ताङलुङ (कुम्भकर्ण) हिमालको अग्र भाग पाङलाङ र पश्च भाग पारुङतेम्बेदेखि माथि दुवै भागबाट वाह्रय तथा आन्तरिक पर्यटकहरुको आरोहणमा रोक लगाउन संस्कृति पर्यटन तथा नागरिक उड्ड्डयन मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ र किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘फक्ताङलुङ हिमाल प्राचिन कालदेखि किरातीहरुको उत्पत्ति, विकास, सभ्यता, मुन्धुम, धर्म तथा संस्कृतिसँग प्रत्यक्ष सम्बन्ध गाँसिएको पवित्र मुन्धुमीस्थल तथा देवस्थल भएको र हरेक वर्ष यस हिमालको फेदीमा अवस्थित पारुङतेम्बे मारुङतेम्बेसम्म महिनौदिनको पैदल यात्रा गरी सेवा पूजा गर्दै आइरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री समक्ष जाहेर गर्दछौं ।’

किरात धर्मावलम्बीहरुको पवित्र तिर्थस्थल फक्ताङलुङ (कुम्भकर्ण) हिमालमा प्रदुषण वा अपवित्र भएमा मुलुकमा ठूलाठूला दुर्घटना, महामारी, बाढी पहिरो, दुःख विमार जस्ता अनिष्ट हुने विश्वास र मान्यता रहेकोले फक्ताङलुङ आरोहणमा रोक लगाउन सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

फक्ताङलुङ (कुम्भकर्ण) हिमालमा पर्यटकहरुलाई आरोहण गर्ने अनुमतिमा रोक लगाई निषेध गरी दिन र सो हिमालको फेदीमा रहेको पारुङतेम्बे मारुङतेम्बे क्षेत्रलाई पर्यटकीयस्थलको रुपमा विकास र प्रवद्र्धनका लागि नेपाल सरकारबाट पहल गरिदिनु हुन ध्यानाकर्षण समेत गराइएको किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताएका छन् ।

फक्ताङलुङ (कुम्भकर्ण) हिमालमा किरात धर्मावलम्बी, शुभेच्छुक महानुभावहरुको सहयोगमा भक्तशाला निर्माण, खानेपानी तथा शौचालय निर्माण, किरात माङहिम निर्माण, हेलीप्याड निर्माण गर्नका साथै गुरु आश्रम निर्माण कार्य समेत सम्पन्न भइसकेको जनाइएको छ । भने, ५५ किलोवाट क्षमताको विद्युत उत्पादनका लागि काम भइरहेको सो ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

किरात धार्मिक संस्थाका प्रतिनिधि टोलीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले मगरको कार्यकक्षमा शुक्रबार सो ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण पत्र बुझाउन मन्त्रालय पुगेका टोलीमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेम, किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावदेन, किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोका उपाध्यक्ष योगेश लाओती लगायत अगुवाहरुको सहभागिता रहेको थियो ।

ध्यानाकर्षणपत्रः

सम्बन्धित समाचार

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

;