सभापोखरी प्रकाश आधारभूत विद्यालयमा लिम्बु भाषा शिक्षण प्रारम्भ

 लिम्बुवान न्युज
                       

  • डिल्लीश्वर मुसाहाङ अम्याङ्सा

संखुवासभा । संखुवासभा जिल्लाका विद्यालय तहमा मातृभाषा शिक्षा दिने नीति अनुसार यस जिल्लामा पहिलो पटक लिम्बू भाषा शिक्षण प्रारम्भ हुने भएको छ ।

सभापोखरी ५ को अति दुर्गम स्थानमा रहेको श्री प्रकाश आधारभूत विद्यालय फाकुवामा, गाउँपालिकाको अनुदान स्रोत अन्तर्गतको प्राथमिक तहमा लिम्बू भाषा शिक्षक नियुक्ति गरेको हो ।

स्थानीय तहमा मातृभाषामा शिक्षा दिने गाउँपालिकाको कार्यनीति अनुसार लिम्बू भाषा शिक्षणका लागि शिक्षक नियुत्ति, गरिएको किरात याक्थुङ चुम्लुङ सभापोखरीका अध्यक्ष मदन सेरेङ मादेनले बताए ।

सो शिक्षक नियुक्तिको लागि श्री त्रिवेणी माध्यमिक विद्यालय बाह्रविसे स्रोतकेन्द्रमा परिक्षा संचालनमा धनकुटा साँगुरीगढी गाउँपालिका २, धनकुटाका प्रभात तुम्बापो लिम्बू उतिर्ण भई नियुक्ति भएको विद्यालय प्रधानाध्यापक वीरेन्द्र महतो र विद्यालय व्यावस्थापन समितिका अध्यक्ष अभिषेक लिम्बूद्वारा हस्ताक्षरित परीक्षा नतिजा तालिकामा उल्लेख गरेको छ ।

सो परीक्षा संचालन लिम्बू भाषा एवं लिपी प्रशिक्षक स्वर्णिमहाङ फोम्बो (लिम्बू)ले सहजीकरण गरेका थिए ।

यस्तै सोही दिन श्री त्रिवेणी माध्यमिक विद्यालय बाह्रविसेमा कक्षा ११ र १२ मा अध्ययनरत ५४ जना विद्यार्थीहरुलाई लिम्बू भाषा शिक्षण तथा सिरिजङ्गा लिपी लेखन सम्बन्धि जानकारी दिन आयोजित कार्यक्रम प्रशिक्षक फोम्बाले संचालन गरेका थिए ।

सो कार्यक्रम सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाको उपस्थितिमा लिम्बू भाषा शिक्षणको लागि कक्षा १ देखि ८ सम्मका पाठ्यक्रम र पाठ्यपुस्तक किरात याक्थुङ चुम्लुङको सहयोगमा पाठ्यक्रम विकास केन्द्रबाट तयार भई विद्यालयहरुमा लिम्बू भाषा शिक्षण भई रहेको कियाचु केन्द्रीय सदस्य उतमकुमार लिङ्थेपले वताए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;