दमकमा लिम्बु कथानक चलचित्र ‘थिम’काे विशेष प्रदर्शन

,   लिम्बुवान न्युज
                       

दमक । झापाको दमकमा निर्देशक यलम्बर खम्बुको निर्देशन रहेको लिम्बु कथानक चलचित्र ‘थिम’को हाउसफुलका साथ विशेष प्रदर्शन सम्पन्न भएको छ ।

शनिबार दमकस्थित गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा चलचित्र ‘थिम’का निर्देशक यलम्बर खम्बु, चलचित्रका कलाकार, लेखक तथा निर्माता सागर केरुङ, नायीका बबिता फोम्बो लगायतका थुप्रै कलाकारहरुको बाक्लो उपस्थितिमा चलचित्रको विशेष प्रदर्शन सम्पन्न भएको हो ।

गोर्खा हल भरिभराउ दर्शकको साथ पाएर बिशेष प्रदर्शन गरिएको लिम्बू कथामा आधारित चलचित्र ‘थिम’(संस्कार)हेरिसकेपछि दर्शकको सकारात्मक प्रतिकृया पाएकोमा मक्ख परेको चलचित्रका कलाकार, लेखक तथा निर्माता सागर केरुङले बताए ।

त्यसअघि चलचित्रको बारेमा बोल्दै केरुङले लिम्बूहरुको कला, संस्कार सस्कृति र मुन्धुमको पेरिफेरिमा रहेर चलचित्रको निर्माण गरिएको र दर्शकले मन पराईदिनेमा बिश्वस्त रहेको बताए ।

केरुङले पुर्वी नेपालको लिम्बुवानमा हजारौं बर्ष देखि बसोबास गर्दै आएको लिम्बु जातिहरुको मुन्धुमलाई दर्शनको रुपमा मान्ने लिम्बू जातिहरुको आफ्नै भाषा, लिपि, धर्म, कला, संस्कार, संस्कृति, पहिचान र मूल्य मान्यताहरु छन् । आफूलाई आदिम जाति भएको हुँदा यहाँको भूमिपुत्र हुँ भन्ने यथार्थलाई चलचित्रमा समेटिएको बताए ।

करिव ३० लाख लगानीमा निर्माण भएको चलचित्र थिम् पान्थर र ताप्लेजुङको विभिन्न रमणिय स्थलहरुमा छायांकन गरिएको चलचित्रका निर्देशक यलम्बर खम्बुले बताए ।

याक्थुङ् फिल्मस प्रा.लि.द्वारा निर्मित चलचित्रमा निर्देशक खम्बु, सागर केरुङ, कृष्णराज नेम्बाङ, डिबि खुदाङ र भोजराज साँबाको मुख्ल लगानी रहेको छ भने नन्दुभाइ मेन्याङबो, मानबहादुर साँवा र दिपक राजवंशी लगायतको पनि चलचित्रमा लगानी रहेको निर्देशक राईले बताए ।

यसरी नै सागर केरुङको लेखन रहेको यो चलचित्रको मुख्य सहायक निर्देशक दिनेश माङ्मु, साहायक निर्देशक डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं र अम्बरबहादुर तुम्बापो रहेका छन् । त्यसैगरी बिक्रम डिसिको छायाँङ्कन रहेको उक्त चलचित्र ड्रोन अपरेटर बिक्रम याम्फु रहेका छन् । नृत्य निर्देशकमा दिनेश माङ्मु र सहायक निर्देशकमा निङ्वा नेम्बाङ्ले गरेका छन् ।

यसैगरि चलचित्र ‘थिम’ असोज १६ गते विर्तामोड र असोज १६ गते नै भद्रपुरमा प्रर्दशन गरिने निर्देशक यलम्बर खम्बूले बताए । विर्तामोडमा दिउँसो १ बजे र भद्रपुरमा साँझ ६ः५० मा अन्तिम शो देखाईने निर्देशक राईले बताए ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;