मोरङ मञ्चद्वारा समानुपातिक र प्रत्यक्ष उम्मेद्वारहरुलाई जितको शुभकामना दिर्दै सम्मान

 लिम्बुवान न्युज
                       

पथरी, ३० असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान प्रान्तीय मञ्च, जिल्ला कार्य समिति मोरङ्ले आसन्न मंसिर ४ गते हुने प्रतिनिसभा र प्रदेश सभा सदस्यमा मनोनयन भएका उम्मेद्वारहरुलाई सम्मान गरेको छ । आइतबार पथरीस्थित सिरीजंगा धार्मिक बनमा एक कार्यक्रमको आयोजना गरि उम्मेद्वारहरुलाई सम्मान गरेको हो ।

मोरङ्को ६ वटा निर्वाचन क्षेत्रहरुबाट प्रतिनिधिसभामा ६ वटै निर्वाचनमा उम्मेद्वारी मनोनयन भएका छन् भने १२ वटा प्रदेश निर्वाचन क्षेत्रबाट ८ जना उम्मेद्वारहरुले मनोनयन गरेको जिल्ला अध्यक्ष जीवन खेवाले बताएका छन् । प्रत्यक्ष तर्फका उम्मेद्वारहरुमा १ बाट प्रतिनिधिसभामा हर्कमान सम्बाहाम्फे, प्रदेश निर्वाचन १ बाट अर्जुन लिङ्देन र २ बाट जिल्ला अध्यक्ष खेवा, निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभामा खिलबहादुर खड्का, प्रदेश निर्वाचन १ बाट बलबहादुर लिम्बु, प्रदेश निर्वाचन २ बाट सुदेशी ऋषिदेव, निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा एविश्चा लाबुङ, प्रदेश निर्वाचन क्षेत्र १ बाट दिनेश खालिङ राई र २ बाट रामकुमार लिम्बु, निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिसभामा गुल्टन ऋषिदेव, निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभामा मंगल ऋषिदेव र प्रदेश निर्वाचन २ बाट धनेश्वर ऋषिदेव त्यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यमा दुखाराम माझी र प्रदेश निर्वाचन क्षेत्र १ बाट नरबहादुर लिम्बु रहेका छन् ।

यसैगरी मोरङ् जिल्ला समितिले समानुपातिक तर्फको बन्दसूचीमा पेश भएका जिल्लाका उम्मेद्वारहरुलाई समिति सम्मान गरेको छ । यसरी सम्मानित हुनुहुनेमा प्रतिनिधिसभाको समानुपातिक बन्दसुचीमा पार्टीका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ र थारु महिला फुलनदेवी चौधरी थारु रहेका छन् ।

यसरी नै प्रदेश नं. १ को समानुपातिक बन्दसूचीमा पार्टीका संघीय अध्यक्ष कुमार लिङ्देन मिराक, महासचिव अशोक चेम्जोङ्, उपमहासचिव गंगा सुब्बा लिम्बु (दिपा), गोपाल पौड¥याल, कुल बहादुर बि.क. (विशाल), बुधराज लिम्बु, कोपिला वि.क., निर्मला खड्का, रेखा चौधरी र पार्वती मुसहरलाई पनि आज सम्मान गरिएको जिल्ला अध्यक्ष खेवाले बताए ।

कार्यक्रममा सहभागी सबै उम्मेद्वारहरुलाई जितको शुभकामना दिर्दै सबै नेता कार्यकर्ताहरु उच्च मनोवलका साथ चुनावी मैदानमा सहभागी हुन अध्यक्ष लिङ्देनले निर्देशन दिएका छन् । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ, महासचिव अशोक चेम्जोङ् त्यसैगरी उम्मेद्वारहरुले पनि आ–आफ्ना विचारहरु राखेका थिए ।
जिल्ला अध्यक्ष खेवाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ जिल्ला उपाध्यक्ष विशाल वि.क.ले गरेका थिए भने संचालन जिल्ला सचिव मिक्सन मिभकले गरेका थिए ।

सम्बन्धित समाचार

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...