आदिवासी जनजाति महासंघका पूर्व महासचिव गुरूङकाे निधन

 लिम्बुवान न्युज
                       

नेपालको आदिवासी जनजाति आन्दोलनका नेता एवम् मानवशास्त्री डा. ओम गुरुङको निधन भएको छ ।

सोमबार हरिसिद्दि क्यान्सर अस्पतालमा उपचारका क्रममा ७० वर्षीय गुरुङको निधन भएको हो ।

नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहेका गुरुङ हाल नेकपा क्रन्तिकारी माओवादीको सल्लाहकार समितिको अध्यक्ष समेत थिए ।

उनी त्रिवि समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख रहेका बेला नेपालको सामाजिक समावेशीकरण सम्बन्धी विस्तृत किताब सोसल इन्क्लुजन एटलस अफ नेपाल सार्वजनिक भएको थियो ।

पारिवारिक स्रोतले दिएको जानकारी अनुसार विदेशमा रहेका सन्तानहरु नेपाल आएपछि उनको अन्त्येष्टि गरिने छ । हाल गुरुङको पार्थिव शरीरलाई पाटन अस्पतालमा राखिएको छ ।

सम्बन्धित समाचार

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...