कियाचुकाे प्रदेश चुम्लुङ पुसमा हुने

 लिम्बुवान न्युज
                       

दमक । किरात याक्थुङ् चुम्लुङ लिम्बुवान प्रदेश समितिकाे प्रादेशिक चुम्लुङ पुस महिनामा आयोजना हुने भएको छ । प्रदेश कार्य समितिको आइतबार विर्तामोडस्थित कियाचु विर्तामोड नगर शाखाको कार्यालयमा बसेको तेस्रो पूर्ण बैठकले चुम्लुङ बस्ने निर्णय गरेको हाे । बैठकले ४ जना प्रदेश सदस्यसहित १० जना सल्लाहकार समेत मनोनित गरेको छ ।

किरात याक्थुङ् चुम्लुङ लिम्बुवान प्रदेश कार्य समिति अध्यक्ष मधुराज केरुङको अध्यक्षतामा बसेको बैठकले निर्णयहरू पारित गरेको मुख्य सचिव तनरेन्द्रराज केरुङ्ले उक्त कुरा बताएका हुन् । उनका अनुसार प्रदेश सदस्य पदमा झापा दमकनिवासी कवि जितेन पङ्धाक लिम्बु, चलचित्रकर्मी विक्रम वनेम फागो लिम्बु, मोरङका मौसम माखिम र मोरङ विराटनगरकी गीता खजुम सर्वसम्मतले मनोनित गरिएका छन् । प्रदेश सल्लाहकारमा संविधानसभा सदस्य तथा पूर्व संघीय मन्त्री श्रीप्रसाद जवेगु, प्रदेश न.१ की सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाङ्फे, प्रदेश नं. १ सदस्य तेजमान कन्दङवा, सिरिजङ्गा गाउँपालिका ताप्लेजुङका उपाध्यक्ष डा. चित्र माबाे, कियाचु पूर्व उपाध्यक्ष तथा विशिष्ठ अधिवक्ता याम योङहाङ, आदिवासी अर्थतन्त्र विषयमा पीएडी अनुसन्धानदाता एल.बी. पालुङ्वा, लिम्बुवान आन्दोलनका नेताहरू प्रेमदीप थाम्सुहाङ र भविराज तुम्सा, साहित्यकार तथा भाषासेवी सेसेमी से–नाल्वो र इतिहासकार टेकरत्न चेम्जोङ् बैठकले मनोनित गरेका छन् ।

यसअघिको बैठकमा प्रदेश सल्लाहकारको रुपमा भाषाशास्त्री दिलेन्द्र कुरुम्बाङ्, व्याकरणविद् सह–प्राध्यापक डा. मोहन तुम्बाहाङ र कियाचु पूर्व केन्द्रीय सचिव तथा लिम्बु विद्यार्थी मञ्चका संस्थापक अध्यक्ष नरेन्द्रकुमार केरुङ्, मनोनित भइसकेका छन् ।

प्रदेश समितिको बैठक प्रारुम्भ गर्दै अध्यक्ष केरुङले प्रदेश समितिको दोस्रो बैठकले मनोनित गरेका कियाचु प्रदेश सदस्य रघुवीर नेम्बाङ् (पान्थर), धनमाया एकतेन (इलाम) र प्रेम तुम्बाहाङ(धनकुटा) लाई कियाचुको विधान अनुसार पदीय जिम्मेवारीको सपथ ग्रहण गराएका थिए ।

संगठनलाई मजबुत बनाउँदै लैजाने मूलभूत उद्धेश्यका साथ सदस्यता वितरणलाई व्यवस्थित र सुसंगठित गर्दै जाने गरी माताहतका समितिहरुलाई कडाईका साथ निर्देशन दिने भन्ने निर्णय गरिनुका साथै समितिमा रही क्रियाशिल रुपमा काम नगर्ने प्रदेश समिति सदस्यहरुलाई स्पष्टिकरण माग्ने समेत बैठकले निर्णय गरेको जानकारी गराइएको छ ।

आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको आसन्न निर्वाचनलाई लक्षित गरी आम याक्थुङ लिम्बु जातिलाई किरात याक्थुङ चुम्लुङ संघीय कार्य समितिले निर्माण गरिपठाएको निर्देशन अनुरुपको अपिल पत्र र ९ बुँदै एजेण्डाहरु छपाई गरी प्रत्येक लिम्बु÷याक्थुङ्हरुको घर–घरमा पुर्याउने समेत बैठकले निर्णय गरकोे सचिवले जनाएका छन् ।

कियाचु प्रदेश समितिका पदाधिकारी, सदस्य, कियाचु झापा जिल्ला अध्यक्ष र कियाचु विर्तामोड नगर शाखा अध्यक्षको उपस्थिति रहेको बैठक सञ्चालन मुख्य सचिव नरेन्द्रराज केरुङले गरेका थिए ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;