कियाचुकाे प्रदेश चुम्लुङ पुसमा हुने

 लिम्बुवान न्युज
                       

दमक । किरात याक्थुङ् चुम्लुङ लिम्बुवान प्रदेश समितिकाे प्रादेशिक चुम्लुङ पुस महिनामा आयोजना हुने भएको छ । प्रदेश कार्य समितिको आइतबार विर्तामोडस्थित कियाचु विर्तामोड नगर शाखाको कार्यालयमा बसेको तेस्रो पूर्ण बैठकले चुम्लुङ बस्ने निर्णय गरेको हाे । बैठकले ४ जना प्रदेश सदस्यसहित १० जना सल्लाहकार समेत मनोनित गरेको छ ।

किरात याक्थुङ् चुम्लुङ लिम्बुवान प्रदेश कार्य समिति अध्यक्ष मधुराज केरुङको अध्यक्षतामा बसेको बैठकले निर्णयहरू पारित गरेको मुख्य सचिव तनरेन्द्रराज केरुङ्ले उक्त कुरा बताएका हुन् । उनका अनुसार प्रदेश सदस्य पदमा झापा दमकनिवासी कवि जितेन पङ्धाक लिम्बु, चलचित्रकर्मी विक्रम वनेम फागो लिम्बु, मोरङका मौसम माखिम र मोरङ विराटनगरकी गीता खजुम सर्वसम्मतले मनोनित गरिएका छन् । प्रदेश सल्लाहकारमा संविधानसभा सदस्य तथा पूर्व संघीय मन्त्री श्रीप्रसाद जवेगु, प्रदेश न.१ की सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाङ्फे, प्रदेश नं. १ सदस्य तेजमान कन्दङवा, सिरिजङ्गा गाउँपालिका ताप्लेजुङका उपाध्यक्ष डा. चित्र माबाे, कियाचु पूर्व उपाध्यक्ष तथा विशिष्ठ अधिवक्ता याम योङहाङ, आदिवासी अर्थतन्त्र विषयमा पीएडी अनुसन्धानदाता एल.बी. पालुङ्वा, लिम्बुवान आन्दोलनका नेताहरू प्रेमदीप थाम्सुहाङ र भविराज तुम्सा, साहित्यकार तथा भाषासेवी सेसेमी से–नाल्वो र इतिहासकार टेकरत्न चेम्जोङ् बैठकले मनोनित गरेका छन् ।

यसअघिको बैठकमा प्रदेश सल्लाहकारको रुपमा भाषाशास्त्री दिलेन्द्र कुरुम्बाङ्, व्याकरणविद् सह–प्राध्यापक डा. मोहन तुम्बाहाङ र कियाचु पूर्व केन्द्रीय सचिव तथा लिम्बु विद्यार्थी मञ्चका संस्थापक अध्यक्ष नरेन्द्रकुमार केरुङ्, मनोनित भइसकेका छन् ।

प्रदेश समितिको बैठक प्रारुम्भ गर्दै अध्यक्ष केरुङले प्रदेश समितिको दोस्रो बैठकले मनोनित गरेका कियाचु प्रदेश सदस्य रघुवीर नेम्बाङ् (पान्थर), धनमाया एकतेन (इलाम) र प्रेम तुम्बाहाङ(धनकुटा) लाई कियाचुको विधान अनुसार पदीय जिम्मेवारीको सपथ ग्रहण गराएका थिए ।

संगठनलाई मजबुत बनाउँदै लैजाने मूलभूत उद्धेश्यका साथ सदस्यता वितरणलाई व्यवस्थित र सुसंगठित गर्दै जाने गरी माताहतका समितिहरुलाई कडाईका साथ निर्देशन दिने भन्ने निर्णय गरिनुका साथै समितिमा रही क्रियाशिल रुपमा काम नगर्ने प्रदेश समिति सदस्यहरुलाई स्पष्टिकरण माग्ने समेत बैठकले निर्णय गरेको जानकारी गराइएको छ ।

आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको आसन्न निर्वाचनलाई लक्षित गरी आम याक्थुङ लिम्बु जातिलाई किरात याक्थुङ चुम्लुङ संघीय कार्य समितिले निर्माण गरिपठाएको निर्देशन अनुरुपको अपिल पत्र र ९ बुँदै एजेण्डाहरु छपाई गरी प्रत्येक लिम्बु÷याक्थुङ्हरुको घर–घरमा पुर्याउने समेत बैठकले निर्णय गरकोे सचिवले जनाएका छन् ।

कियाचु प्रदेश समितिका पदाधिकारी, सदस्य, कियाचु झापा जिल्ला अध्यक्ष र कियाचु विर्तामोड नगर शाखा अध्यक्षको उपस्थिति रहेको बैठक सञ्चालन मुख्य सचिव नरेन्द्रराज केरुङले गरेका थिए ।

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...