गाेविन्द हत्याका मुख्य अभियुक्त सहित तीनजनालाई प्रहरीले गर्याे सार्वजनिक

,   लिम्बुवान न्युज
                       

दमक । इलामको चुलाचुली ३ का गोविन्द लिम्बूको हत्याका मुख्य अभियुक्त सनम राईसहित तीन जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ ।

सोमबार साँझ इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन गरेर प्रहरीले दमक ७ बस्ने २२ वर्षीय राई सहित अन्य अभियुक्त दमक १ बस्ने २२ वर्षीय आनन्द भनिने राजकुमार भुजेल र दमक ७ बस्ने १८ वर्षीय रेहान भनिने सवास आलमलाई सार्वजनिक गरेको हो ।

उनीहरुलाई सोमबार दिउँसो साढे १ बजेको समयमा मोरङको उर्लाबारी १ उर्लाबारी–मधुमल्ला सडक खण्डमा पर्ने टप्पु टोलस्थित विप्लप तामाङको घर अगाडिबाट प्र. १–०१–०१२ प २९५३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक खगेन्द प्रसाद रिजालले जानकारी दिए ।

प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार गत असोज १२ गते बिहान अन्दाजी ४ बजेको समयमा दमक १ स्थित कुमाल चोकमा रहेको विशाल कुमालले सञ्चालन गरेको रुबेल माछा फ्राई एण्ड रोष्ट हाउसमा ३८ वर्षीय लिम्बूको घाँटी, पाखुरा र हातमा छुरा प्रहार गरी हत्या गरिएको थियो ।

 

एउटै समूहमा मादक पदार्थ सेवन गरेर बसेको समयमा सामान्य विवाद हुँदा राईले मृतक लिम्बूमाथि छुरा प्रहार गर्दा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी प्रवक्ता एवम् प्रनाउ रिरालको भनाइ छ ।

हत्यापछि फरार रहेका तीन जनलाई खोजतलास र पक्राउ गर्न इलाका प्रहरी कार्यलय दमकबाट प्रहरी निरीक्षक डम्बर विश्वकर्माको कमाण्डमा, कोशी प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक रुद्र खड्काको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय झापाबाट समेत विशेष टोली खटाइएको थियो ।

‘फरार अभियुक्तहरुलाई पक्राउ गर्न तीन दिनदेखि लगातार नियमित र प्राविधि अनुसन्धान गरेका थियौं’, प्रनाउ रिजालले पत्रकार सम्मेलनमा भने ।

घटना लगत्तै प्रहरीले दमक वडा नम्बर १ पाङ्मी चोक बस्ने नामुद थेबे, दमक १ फाल्गुनन्द चोकका आकाश केरुङ, दमक ७ पशुहाटका राहुल श्रेष्ठ, मोरङ कानेपोखरी ७ का सलमान लिम्बू, इलाम चुलाचुली ४ का सन्दिप राई, चुलाचुली ३ का सूर्य केरुङ, उपेन्द्र राई र होटल सञ्चलक कुमाल समेतलाई नियन्त्रणमा लिएर १२ गते नै जिल्ला अदालतबाट ८ दिनका लागि म्याद थप गरी अनुसन्धान गरिरहेको बताएको छ ।

त्यस्तै प्रहरीले हत्या गर्न प्रयोग गरिएको छुरा मोरङको विराटनगर महानगरपालिका ९ को सन्सारी मन्दिर भन्दा दक्षिण शिक्षादिप कलेजको पार्किङ छेउबाट बरामत गरेको जनाएको छ । मुख्य अभियुक्त राईले विराटनगर ६ का मफुद मियालाई हत्यामा प्रयोग भएको छुरा लुकाउन दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।

मोरङ प्रहरीको सहयोगमा पक्राउ गरी उनलाई इलाका प्रहरी कार्यालय दमक ल्याउन लागिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले जानकारी दिए ।

पीडितलाई राहत हुने गरी घटना बारे थप अनुसन्धान गरिने प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङलगायतको समेत उपस्थिति रहेको थियो । (हरप्रहरबाट साभार गरिएकाे)

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;