गाेविन्द हत्याका मुख्य अभियुक्त सहित तीनजनालाई प्रहरीले गर्याे सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक । इलामको चुलाचुली ३ का गोविन्द लिम्बूको हत्याका मुख्य अभियुक्त सनम राईसहित तीन जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ ।

सोमबार साँझ इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन गरेर प्रहरीले दमक ७ बस्ने २२ वर्षीय राई सहित अन्य अभियुक्त दमक १ बस्ने २२ वर्षीय आनन्द भनिने राजकुमार भुजेल र दमक ७ बस्ने १८ वर्षीय रेहान भनिने सवास आलमलाई सार्वजनिक गरेको हो ।

उनीहरुलाई सोमबार दिउँसो साढे १ बजेको समयमा मोरङको उर्लाबारी १ उर्लाबारी–मधुमल्ला सडक खण्डमा पर्ने टप्पु टोलस्थित विप्लप तामाङको घर अगाडिबाट प्र. १–०१–०१२ प २९५३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक खगेन्द प्रसाद रिजालले जानकारी दिए ।

प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार गत असोज १२ गते बिहान अन्दाजी ४ बजेको समयमा दमक १ स्थित कुमाल चोकमा रहेको विशाल कुमालले सञ्चालन गरेको रुबेल माछा फ्राई एण्ड रोष्ट हाउसमा ३८ वर्षीय लिम्बूको घाँटी, पाखुरा र हातमा छुरा प्रहार गरी हत्या गरिएको थियो ।

 

एउटै समूहमा मादक पदार्थ सेवन गरेर बसेको समयमा सामान्य विवाद हुँदा राईले मृतक लिम्बूमाथि छुरा प्रहार गर्दा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी प्रवक्ता एवम् प्रनाउ रिरालको भनाइ छ ।

हत्यापछि फरार रहेका तीन जनलाई खोजतलास र पक्राउ गर्न इलाका प्रहरी कार्यलय दमकबाट प्रहरी निरीक्षक डम्बर विश्वकर्माको कमाण्डमा, कोशी प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक रुद्र खड्काको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय झापाबाट समेत विशेष टोली खटाइएको थियो ।

‘फरार अभियुक्तहरुलाई पक्राउ गर्न तीन दिनदेखि लगातार नियमित र प्राविधि अनुसन्धान गरेका थियौं’, प्रनाउ रिजालले पत्रकार सम्मेलनमा भने ।

घटना लगत्तै प्रहरीले दमक वडा नम्बर १ पाङ्मी चोक बस्ने नामुद थेबे, दमक १ फाल्गुनन्द चोकका आकाश केरुङ, दमक ७ पशुहाटका राहुल श्रेष्ठ, मोरङ कानेपोखरी ७ का सलमान लिम्बू, इलाम चुलाचुली ४ का सन्दिप राई, चुलाचुली ३ का सूर्य केरुङ, उपेन्द्र राई र होटल सञ्चलक कुमाल समेतलाई नियन्त्रणमा लिएर १२ गते नै जिल्ला अदालतबाट ८ दिनका लागि म्याद थप गरी अनुसन्धान गरिरहेको बताएको छ ।

त्यस्तै प्रहरीले हत्या गर्न प्रयोग गरिएको छुरा मोरङको विराटनगर महानगरपालिका ९ को सन्सारी मन्दिर भन्दा दक्षिण शिक्षादिप कलेजको पार्किङ छेउबाट बरामत गरेको जनाएको छ । मुख्य अभियुक्त राईले विराटनगर ६ का मफुद मियालाई हत्यामा प्रयोग भएको छुरा लुकाउन दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।

मोरङ प्रहरीको सहयोगमा पक्राउ गरी उनलाई इलाका प्रहरी कार्यालय दमक ल्याउन लागिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले जानकारी दिए ।

पीडितलाई राहत हुने गरी घटना बारे थप अनुसन्धान गरिने प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङलगायतको समेत उपस्थिति रहेको थियो । (हरप्रहरबाट साभार गरिएकाे)

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;