कमल लावती पुनः चुम्लुङ् युएईको अध्यक्षमा निर्वाचित

,   लिम्बुवान न्युज
                       


यूएई, ८ अक्टोबर । युएईको बरदुबाई स्थित सिन्ध पंजाब रेस्टुरेन्टको सभाहलमा किरात याक्थुङ् चुम्लुङ् युएईको सातौँ महाधिवेशन सम्पन्न भएको छ ।

महाधिवेशनले कमल लावती लिम्बुलाई पुनः अध्यक्षमा निर्वाचित गर्दै २५ सदस्यीय कार्यसमिति निर्बिरोध चयन भएका छन् ।

कार्यक्रमले बरिष्ठ उपाध्यक्षमा पोबो थेबे लिम्बु, उपाध्यक्षहरुमा गोबिन्द लुम्फुवा लिम्बु, बिक्रम वजिहाङ् लिम्बु, महासचिवमा मनिषा सुब्बा, सचिवमा बुद लिङ्देन लिम्बु, कोषाध्यक्षमा सृजना लावती, सह कोषाध्यक्षमा सन्तोस माङ्देन लिम्बु, प्रवक्तामा भिमा इधिङ्गो लिम्बु र साँस्कृतिक बिभाग प्रमुखमा सिता देवी इजम लिम्बु रहेका छन् ।

यसरी नै समितिको सदस्यहरुमा श्री ३ यतिम हाङ् मेन्याङ्बो लिम्बु, दिनेस कुमार लिम्बु, मिना लिम्बु, सरु बेघा लिम्बु, राजु तुम्बापो लिम्बु, लक्ष्मी माया लिम्बु, भारती सुब्बा, दिलिप हाङ् आङ्देम्बे लिम्बु, फत्ते बहादुर कुरुम्बाङ् लिम्बु, सन्जा लिम्बु, संजय चोङ्बाङ्, सबिता नाल्बो, जितेन्द्र लिम्बु, जमुना यक्सो र नन्द कुमार यक्सो रहेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ युएईका महासचिव डी. के. किरातीको प्रमुख आतिथ्य तथा संघीय लिम्बुवान सामाजिक मञ्च युएईका अध्यक्ष भिम अधिकारीको बिशिस्ट आतिथ्यमा महाधिवेशन भएको हो । महाधिवेशनमा सांगठानिक प्रतिवेदन महासचिव मनिषा सुब्बा र आर्थिक प्रतिबेदन सचिव बुद्ध लिङ्देनले प्रतिवेदन पेश गरेका थिए ।

 

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;