पहिचानवादी नेताहरु रिहाई नभए असोज ३० देखि धनकुटा जिल्ला अनिश्चितकालिन बन्द

 लिम्बुवान न्युज
                       

दमक, २८ असाेज ।  प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले पक्राउ परेको आफ्ना नेता, कार्यकर्ता तुरुन्त रिहाइ नगरे अनिश्चितकालीन धनकुटा बन्द घोषणा गरेको छ ।

धनकुटाको चौबिसे—६ का मनकुमार याम्फू, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बुलाई प्रहरीले शुक्रबार घरैबाट प्रहरीले पक्राउ गरेको थियो । संघर्ष समितिले पक्राउ परेका तीनै जनालाई तत्काल छाड्न विज्ञप्ति मार्फत जिल्ला प्रशासन कार्यालयलाई संघर्ष समितिले आग्रह गरेका थिए ।

पक्राउ परेका कार्यकर्ताहरु शुक्रबारसम्म नछाडेपछि प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले शुक्रबार साँझ विज्ञप्ति प्रकाशन गरी धनकुटा अनिश्चितकालीन बन्दसहितको विरोध कार्यक्रम सार्वजनिक गरेको हो । असोज २७ गते इलाका प्रहरी कार्यालय घेराउ र प्रचारप्रसार गर्ने, २८ गते धनकुटा सदरमुकाममा विरोध प्रदर्शन, २९ गते बिभिन्न नाकाहरुबन्द गर्दा पनि नछाडे ३० गतेदेखि अनिश्चितकालीन धनकुटा जिल्ला बन्दको घोषन गरेको हो ।

विज्ञप्ति हेर्नुहाेस्ः

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...