दमक, २८ असाेज । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले पक्राउ परेको आफ्ना नेता, कार्यकर्ता तुरुन्त रिहाइ नगरे अनिश्चितकालीन धनकुटा बन्द घोषणा गरेको छ ।
धनकुटाको चौबिसे—६ का मनकुमार याम्फू, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बुलाई प्रहरीले शुक्रबार घरैबाट प्रहरीले पक्राउ गरेको थियो । संघर्ष समितिले पक्राउ परेका तीनै जनालाई तत्काल छाड्न विज्ञप्ति मार्फत जिल्ला प्रशासन कार्यालयलाई संघर्ष समितिले आग्रह गरेका थिए ।
पक्राउ परेका कार्यकर्ताहरु शुक्रबारसम्म नछाडेपछि प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले शुक्रबार साँझ विज्ञप्ति प्रकाशन गरी धनकुटा अनिश्चितकालीन बन्दसहितको विरोध कार्यक्रम सार्वजनिक गरेको हो । असोज २७ गते इलाका प्रहरी कार्यालय घेराउ र प्रचारप्रसार गर्ने, २८ गते धनकुटा सदरमुकाममा विरोध प्रदर्शन, २९ गते बिभिन्न नाकाहरुबन्द गर्दा पनि नछाडे ३० गतेदेखि अनिश्चितकालीन धनकुटा जिल्ला बन्दको घोषन गरेको हो ।
विज्ञप्ति हेर्नुहाेस्ः
Related