राष्ट्रिय बहुमुखी सहकारीका सञ्चालक र कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम

,   लिम्बुवान न्युज
                       

दमक, २८ असोज / राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आफना सञ्चालक समिति तथा कर्मचारीका लागि एक दिने सहकारी सम्बन्धी क्षमता अभिबृद्धि तालिम सञ्चालन गरेको छ ।

तालिममा संस्थाका सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरु, कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

दमक–८ सेतुमारी रोडस्थित रहेको संस्थाको शिक्षा तथा तालिम उपसमितिका संयोजक दिपेन बाला राईको अध्यक्षता तथा संस्थाका अध्यक्ष एलडी राईको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो ।

सो तालिममा प्रदेश सहकारी निमित्त रजिष्ट्रार हरीबहादुर खत्री, अधिकृतद्धय मनोज कार्की र अधिकृत मनोज भट्टराईले सहकारी, सहकारीका ऐन, कानुनका विषयमा सहजीकरण गरेका थिए ।

तालिममा सहभागिहरुलाई संस्थाका अध्यक्ष राईसहित प्रशिक्षकहरुले प्रमाणपत्र प्रदान गरेका व्यवस्थापक लिलाराज तुम्बापोले बताएका छन् ।

तस्वीरः अनिल राइ

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;