दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
मेयङलुङ,तेह्रथुम/ प्रभावकारी सूचना र सन्देश मुलक समाचार साथै भाषा, कला, साहित्यलाई सम्प्रेषण गर्न तेह्रथुमको सदरमुकाम मेयङलुङबाट हाम्रो मुन्धुम नामक मासिक पत्रीका विमोचन कार्यक्रम सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ मेयङलुङको सभाहलमा एक कार्यक्रम बिच पत्रीका विमोचन गरिएको हो ।
विभिन्न बुद्धिजीवी व्यक्तित्वहरुको उपस्थितिमा मेयङलुङ नगरपालिका प्रमुख संजय कुमार तुम्बाहाङफे, जिल्ला प्रशासन कार्यालय तेह्रथुमका सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम सम्बाहाङफे, मेयङलुङ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष मिननाथ दहाल, किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति उपाध्यक्ष टंकमाया लिम्बु, जिल्ला अध्यक्ष तथा पत्रिकाका सम्पादक सेसेहाङ हुक्पाचाेङबाङकाे हस्तबहुलीबाट संयुक्त रूपमा विमोचन कार्यक्रम सम्पन्न भएको हो ।
प्रबिधिको युगले गर्दा विभिन्न सामाजिक संजालहरुको व्यापक प्रयोगले आज छापा माध्यमबाट प्रकाशित हुने पत्रीकाहरुको प्रयोगमा कमि आइरहेको अवस्थामा हाम्रो मुन्धुम नामक पत्रीका प्रकाशन भएर विमोचन हुनु आश्चर्य मानेका छन् । विमोचन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख संजय तुम्बाहाङफेले बोल्दै तेह्रथुम जिल्लामा पत्रीकाको आवश्यकता भएको बेला यो पत्रीका प्रकाशन हुनु खुशीको कुरा भएको बताउनुभयो । यस अघि पत्रीकाहरु यस जिल्लाबाट प्रकाशन भए पनि निरन्तरता हुन नसकेकोमा दुख व्यक्त गर्नु भयो । पत्रकारिताले निस्वार्थ जनभावनाको कदर गर्नुपर्ने साथै निष्पक्ष र सत्य तथ्य समाचारको प्रबाह गर्नुपर्नेमा जोड दिनुभयो । सबै कुरामा सूचना र संचार भएकोले गर्दा जनतालाई सुसूचित गर्न यो पत्रीका लागि परोस भन्दै उहाले यस पत्रीकाको लागि रु एक लाख रकम नगरपालिकाबाट विनियोजन गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यसरी नै बिशेष अतिथी सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम सम्बाहाङफेले डिजिटल मिडियाको भन्दा छापा मिडियाको महत्त्व धेरै रहेको बताउनु भयो । उहाँले सजिलो र सरल मिडिया डिजिटल भए पनि अध्ययनको स्रोतका लागि छापा मिडियाको आवश्यकता त्यतिकै महत्त्वपूर्ण रहेको कुरा औल्याउँदै यो पत्रीकाले त्यस कार्यको पुर्ती गर्ने कुरामा विश्वास रहेको बताउनु भयो । उनले कार्यक्रममा थप बोल्दै यो पत्रीकाले तेह्रथुम भित्रका मौलिक पहिचानहरुको जगेर्ना, स्थान परिचय, पर्यटन लगायतको सूचनाहरु दिन सक्नुपर्नेमा जोड गर्नुभयो ।
कार्यक्रम नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष मिननाथ दहालले आफ्नै वडा भित्र कार्यालय रहने गरि पत्रीका प्रकाशन भएकोमा खुशी व्यक्त गर्दै वडाले सक्दो पत्रीका प्रकाशनको लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाले बोल्दै सम्पुर्ण जनताको साझा पत्रीका बन्न सकोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश उपाध्यक्ष टंकमाया लिम्बू, बयोबृद्द तथा समाजसेवी सर्वजीत निङलेकु, राजनीति कर्मी कृष्ण चोङबाङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । विमोचन कार्यक्रमको समापन हाम्रो मुन्धुम मासिक पत्रीकाका सम्पादक सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य पत्रीकाका व्यवस्थापक साम थाम्देन थाङबेन र संचालन कार्यकारी सम्पादक तथा प्रकाशक राजकुमार तेयुङ् तरेबाले गर्नुभएको थियो ।
यो पत्रीका हरेक महिनाको १ गते प्रकाशन हुने प्रकाशकले जनाएकाे छ ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...