दमक, ५ कार्तिक । प्रदेश नं १ को नाम कोशी खारेजीको माग गर्दै पहिचान पक्षधरको आन्दोलनलाई समर्थन गर्दै थप उर्जा दिने उद्देश्यले ‘किरातलिम्बुवान’ बोलको गीत र भिडियो सार्वजनिक भएको छ ।
चर्चित गायक तथा संगीतकार ब्रविम सेर्मा चेसुङ लिम्बूको संगीत तथा आवाजमा किरात लिम्बुवान बोलको पहिचानवादी गीत सार्वजनिक गरिएको हो ।
प्रेमदिप थाम्सुहाङ र मन्दिप लिम्बुद्वयको शब्द रहेको उक्त गीतलाई किरात लिम्बुवान प्रदेश नामाङकन अभियान केन्द्रीय प्रचार प्रसार बिभागले तयार पारेको हो । यो गीतको भिडियो गायक व्रविम सेर्मा लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
गत फागुन १७ गते प्रदेश नम्बर १ को नाम प्रदेश सभाबाट प्रदेशको नाम कोशी घोषणा गरिएको थियो । त्यसलगत्तै पहिचान पक्षधर राजनीतिक र जातीय संघसंस्था र संगठनहरुले विभिन्न समयमा चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु गर्दै आइरहेको छ ।
पहिचान बिरोधीहरुको पुत्ला जलाउनुका साथै पहिचानका लागि युवा दस्ताले परेट खेलेको दृश्य समेत समावेश गरिएको भिडयोमा पहिचानको आन्दलनमा शादत प्राप्त गरेका शहिदहरुको तस्बीर र आन्दोलनका केहि झलकहरुको साथमा सँस्कृतिक नृत्यहरु समेत समाबेश गरिएको छ । गितमा प्रदेशको नाम अन्तिम बिकल्प किरातलिम्बुवान भनिएको छ ।
गीत संगीतको माध्यमबाट प्रदेश १ को नामाङकनको मुद्दालाई किनारा लगाउन र पहिचानको आन्दादनको ऐक्यवद्धता जनाउनलाई यो गित सार्वजनिक गरिएको गायक तथा संगीतकार व्रविम सेर्मा चेसुङले बताए ।
देबेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले रेकर्ड तथा मिक्सिङ गरेको गीतको भिडियोको छायांकन तथा म्पादन एस.एम. पिक्चर्सले गरेका छन् ।
दमक, १२ मंसिर । प्रदेशको नाम कोशी खरेजी र ताप्लेजुङका पक्राउ परेका दुई कार्यकर्ता निसर्त रिहाइको माग राख्दै प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले आयोजना गरेको बन्दको कारण मेची राजमार्ग ठप्प रहेको छ...
दमक, १२ मंसिर । माङसेबुङ इक्ला सिजन २ गायन प्रतियोगितामा उत्कृष्ट ८ मा पर्न सफल प्रतियोगीहरुको नामावली सार्वजनिक गरिएको छ । चार चरणको अनलाइन अडिसन पार गरेर सेमिफाइनल (उत्कृष्ट ८) मा पुग्न सफल प्रतियोगीहरुकोे नाम सार्वजनिक...
पाँचथर, मंसिर १२ । जनता समाजवादी पार्टी नेपाल, लिम्बुवान राष्ट्रिय समिति पुर्नगठन भएको छ । शनिबार पान्थरको फिदिमस्थित आयोजित एक कार्यक्रमले जेन्टल लावतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । नवगठित समितिको उपाध्यक्षहरुमा एविराज आङदेम्बे,...
दमक, १२ मंसिर । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) कोचिला राष्ट्रिय समितिको प्रथम भेला सम्पन्न भएको छ । शनिबार मोरङ्को रंगेलीस्थित होटल मेरिनाको सभाहलमा भएको प्रथम भेलाले त्रिनायारण राजवंशीको अध्यक्षतामा समिति गठन गरेको हो । पार्टीका...
हाम्रो बारेमा
प्रकाशक:
माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–१, झापा
सूचना विभाग द.नं. २१४६/०७७-७८
सम्पर्क ठेगाना
ईमेल
Limbuwan.khabarnews@gmail.com
विज्ञापन शाखा
९८४४६५८८४४
हाम्रो टीम
प्रवन्ध निर्देशक/प्रधान सम्पादक
दिल कुमार लावती
९८४४६५८८४४/९८२४०१२१८२