पहिचानवादी गीत ‘किरात लिम्बुवान’ को भिडियो सार्वजनिक

 लिम्बुवान न्युज
                       


दमक, ५ कार्तिक । प्रदेश नं १ को नाम कोशी खारेजीको माग गर्दै पहिचान पक्षधरको आन्दोलनलाई समर्थन गर्दै थप उर्जा दिने उद्देश्यले ‘किरातलिम्बुवान’ बोलको गीत र भिडियो सार्वजनिक भएको छ ।

चर्चित गायक तथा संगीतकार ब्रविम सेर्मा चेसुङ लिम्बूको संगीत तथा आवाजमा किरात लिम्बुवान बोलको पहिचानवादी गीत सार्वजनिक गरिएको हो ।

प्रेमदिप थाम्सुहाङ र मन्दिप लिम्बुद्वयको शब्द रहेको उक्त गीतलाई किरात लिम्बुवान प्रदेश नामाङकन अभियान केन्द्रीय प्रचार प्रसार बिभागले तयार पारेको हो । यो गीतको भिडियो गायक व्रविम सेर्मा लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गत फागुन १७ गते प्रदेश नम्बर १ को नाम प्रदेश सभाबाट प्रदेशको नाम कोशी घोषणा गरिएको थियो । त्यसलगत्तै पहिचान पक्षधर राजनीतिक र जातीय संघसंस्था र संगठनहरुले विभिन्न समयमा चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु गर्दै आइरहेको छ ।

पहिचान बिरोधीहरुको पुत्ला जलाउनुका साथै पहिचानका लागि युवा दस्ताले परेट खेलेको दृश्य समेत समावेश गरिएको भिडयोमा पहिचानको आन्दलनमा शादत प्राप्त गरेका शहिदहरुको तस्बीर र आन्दोलनका केहि झलकहरुको साथमा सँस्कृतिक नृत्यहरु समेत समाबेश गरिएको छ । गितमा प्रदेशको नाम अन्तिम बिकल्प किरातलिम्बुवान भनिएको छ ।

गीत संगीतको माध्यमबाट प्रदेश १ को नामाङकनको मुद्दालाई किनारा लगाउन र पहिचानको आन्दादनको ऐक्यवद्धता जनाउनलाई यो गित सार्वजनिक गरिएको गायक तथा संगीतकार व्रविम सेर्मा चेसुङले बताए ।

देबेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले रेकर्ड तथा मिक्सिङ गरेको गीतको भिडियोको छायांकन तथा म्पादन एस.एम. पिक्चर्सले गरेका छन् ।

भिडियाे तल हेर्नुहाेस्ः

सम्बन्धित समाचार

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...

आइएलओ महासन्धि नं. १६९ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र हो”ललितराष्ट्रपति पौडेल

ललितपुर, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तरराष्ट्रिय महासन्धि ‘आइएलओ महासन्धि नं. १६९’ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताएका छन् । अगष्ट ९ (साउन २४)गते ३२औं विश्व आदिवासी...

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...