काठमाडौंमा याक्थुङ कथामा आधारित चलचित्र ‘चे’ को विशेष प्रदर्शन

 लिम्बुवान न्युज
                       


ललितपुर, १५ असोज । काठमाडौं कमलपोखरीस्थित बिग मूभिजमा चलचित्र ‘चे’को विशेष प्रदर्शन गरिएको छ । बहुप्रतिभाका धनी सागर केरुङद्वारा निर्देशक ‘चे’ मंगलबार काठमाडौं उपत्यकामा रहेका याक्थुङ्हरुको बाक्लो उपस्थितिमा प्रदर्शन भएको हो ।

विशेष प्रदर्शनीमा चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी फिल्मका संयोजक, चलचित्र निर्माता ज्योतिराज राई, चलचित्र निर्देशक समाजका महासचिव अरुण प्रधान, निर्देशक सागर सुब्बा, याक्थुङ मुन्चइत् चोक् सयङका निवर्तमान अध्यक्ष सूर्यप्रकाश चेम्जोङ लगायतको उपस्थिति रहेको थियो ।

पूर्वी नेपालमा बसोबास गर्दै आएका आदिवासी जनजाति याक्थुङ (लिम्बू) समुदायको संस्कृतिमा आधारित चलचित्र ‘चे’ हेर्न राजधानीस्थित याक्थुङ (लिम्बू) समुदायका अगुवा, साँस्कृतिक अभियन्ता, युवा–युवती र बृद्ध–बुद्धासम्म उक्त मल्टिप्लेक्स पुगेका थिए ।

भौतिक विकास गर्ने क्रममा प्राकृतिक एवं साँस्कृतिक सम्पदाहरुको बिनास गरिंदा निम्तिने समस्याको कथा भन्ने चलचित्र ‘चे’लाई आर्ट मूभिमा लामो समय काम गरेका सागर केरुङले निर्देशिन गरेका छन्। चलचित्रले विकास निर्माणको क्रममा समाधीस्थलहरुको बिनास गरिएका शन्दर्भ र त्यसले निम्त्याएको समस्यालाई देखाउन खोजेको छ ।

याक्थुङ (लिम्बू) समुदायले भोग्नु परेको समस्यालाई चलचित्र मार्फत आम दर्शकलाई देखाउन खोजेको निर्देशक केरुङले बताए । दुई घन्टा लामो फिल्ममा आधुनिक विकासले निम्त्याएको द्वन्द्वको कथा छ । चलचित्रमा विकासको नाममा प्राकृतिक तथा साँस्कृतिक सम्पदा मास्न खोज्ने र जोगाउन खोज्नेबीचको द्वन्द्व देखाइएको छ ।

याक्थुङ (लिम्बू) भाषामा ‘चे’ को अर्थ ‘लास’ हुन्छ । फिल्मले मानिस मरेपछि जमिनमुनि गाड्ने परम्परा बोकेको लिम्बू समुदायको समस्यालाई उजागर गरेको छ । आदिबासी लिम्बू याक्थुङ वस्ती पाँचथरका विभिन्न स्थानमा छायाङ्कन गरिएको चलचित्रमा आधुनिक विकासले आदिवासीलाई कसरी लास सरह बनाउदै लगिरहेको छ भन्ने कुरा देखाउन खोजेको छ ।

चलचित्रमा निर्देशक केरुङ्, बिमला खजुम, यासेली योङहाङ, निसाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ लगायतको अभिनय छ । याक्थुङ फिल्मस् प्रा.लि.का लागि इन्दु फोम्बो र सबु लिम्बू थाम्सुहाङ्ले निर्माण गरेको ‘चे’लाई देश–विदेशका विभिन्न स्थानमा स्क्रिनिङ् गरिने निर्देशक केरुङ्ले बताए ।

चलचित्र चे याक्थुङ फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको हो । यसअघि के, पुङसाम, तुम्बेहाङ, के टु फिल्म निर्माण एवं निर्देशन गरेका केरुको यो चौंथो फिल्म हो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...